News Summary
Generated by OK AI. Editorially reviewed.- प्युठानको स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।
- दुर्घटनामा २१ जना घाइते भएका छन्, जसमा ५ जना बालबालिका छन् र १० जनालाई बुटवल रिफर गरिएको छ।
- जिप सडकबाट करिब २५–३० मिटर तल खसेको थियो र घाइतेहरूलाई प्राथमिक उपचारका लागि भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ।
१० वैशाख, प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।
भिङ्ग्रीबाट स्वर्गद्वारी तर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जिप अनियन्त्रित भई दुर्घटना भएको हो । मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा २१ जना घाइते भएका छन्, जसमा ५ जना बालबालिका छन् । तीमध्ये १० जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ।
जिप सडकबाट करिब २५–३० मिटर तल खसेको थियो । घाइतेहरूलाई प्रहरी र स्थानीयको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्राथमिक उपचारका लागि लगिएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4