+
+
Shares

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ४६ लाखको वैदेशिक व्यापार, पोखरामा शून्य

विमानस्थलस्थित भन्सार बिन्दुबाट सबैभन्दा धेरै वैदेशिक व्यापार भने काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने गर्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १० गते १५:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश उडान नहुँदा भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट ९ महिनामा ४६ लाख ५ हजार रुपैयाँ बराबर आयात भएको छ।
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि वैदेशिक व्यापार नभएको र सबैभन्दा धेरै वैदेशिक व्यापार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तथ्यांकले देखाएको छ।
  • वीरगञ्ज भन्सार बिन्दुबाट कुल आयातको ४६.५७ प्रतिशत र निर्यातको ३५.६९ प्रतिशत व्यापार हुने र ९ महिनामा ६ खर्ब ९४ अर्ब आयात भएको छ।

१० वैशाख, काठमाडौं । नेपालका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश उडान नहुँदा वैदेशिक व्यापार समेत नगन्य भएको तथ्यांकले देखाएको छ ।

भन्सार विभागका अनुसार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिना (साउन–चैत) मा ४६ लाख ५ हजार रुपैयाँ बराबर आयात भएको छ । यो विमानस्थलबाट निर्यात भने शून्य छ ।

उता, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि वैदशिक व्यापार नभएको देखिन्छ । विमानस्थलस्थित भन्सार बिन्दुबाट सबैभन्दा धेरै वैदेशिक व्यापार भने काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने गर्छ ।

त्रिभुवन विमानस्थलबाट ९ महिना अवधिमा १ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन कुल आयातको १०.५५ प्रतिशत हो । ९ महिनामा कुल वस्तु आयात १४ खर्ब ९० अर्ब बराबर भएको छ ।

यसो विमानस्थलबाट निर्यात व्यापार भने २६ अर्ब ५८ करोड रुपैयाँ बराबरको भएको छ । विभागका अनुसार यो कुल निर्यातको ११.९३ प्रतिशत हो ।

विभागका अनुसार चैतसम्म कुल निर्यात २ खर्ब २९ अर्ब रुपैयाँ बराबरको भएको छ । भन्सार बिन्दुमध्ये सबैभन्दा धेरै वैदेशिक व्यापार वीरगञ्जबाट हुन्छ । वीरगञ्जबाट कुल आयातको ४६.५७ प्रतिशत र कुल निर्यातको ३५.६९ प्रतिशत व्यापार हुने गरेको तथ्यांक छ ।

तथ्यांक अनुसार वीरगञ्जबाट ६ खर्ब ९४ अर्ब बराबर आयात भएको थियो । निर्यात भने ७९ अर्ब ५५ करोड रुपैयाँ बराबर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?