News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा १७ वैशाखका लागि संघीय संसदको अधिवेशन आह्वान गरेका थिए ।
- सरकारले संसदसँग समन्वय नगरी अधिवेशन आह्वान गरेपछि अधिवेशन स्थगित गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरेको थियो।
- सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन स्थगित गरेका हुन् ।
१० वैशाख, काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १७ वैशाखका लागि संघीय संसद्को अधिवेशन आह्वान गरेका थिए । तर भोलिपल्टै सरकारकै सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन स्थगित गरेका छन् ।
सरकारले संसद् अधिवेशन स्थगन गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा राष्ट्रपतिले आज अधिवेशन स्थगित गरेका हुन् ।
सिंहदरबार स्रोतका अनुसार सरकारले संसद्सँग समन्वय नगरी अधिवेशन आह्वान गरेकाले सच्चाइएको हो ।
सिंहदरबार स्रोतले भन्यो, ‘संसद्सँग सल्लाह नगरी मन्त्रिपरिषद्बाट निर्णय भएको रहेछ । तर संसद्मा तयारीको काम बाँकी रहेकाले मन्त्रिपरिषद्ले गरेको निर्णय सच्याइएको हो ।’
मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार राष्ट्रपति पौडेलले बुधबार मात्रै १७ वैशाख दिउँसो २ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।
यो अधिवेशनलाई बजेट अधिवेशन पनि भनिन्छ । १५ जेठमा सरकारले आगामी आर्थिक वर्षका लागि संसद्मा बजेट पेस गर्नुपर्छ । बजेटअघि प्रि-बजेट छलफलसमेत हुनेगर्छ ।
प्रतिक्रिया 4