+
+
Shares

संसद् अधिवेशन स्थगनले गम्भीर प्रश्नहरू उब्जायो : महामन्त्री प्रदीप पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते ९:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले संसद् अधिवेशन स्थगनले गम्भीर प्रश्नहरू उब्जाएको टिप्पणी गरेका छन् ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको २४ घण्टा नबित्दै सरकारको सिफारिसमा संसद् अधिवेशन स्थगन गरेपछि उनले अध्यादेश ल्याउन खोजिएको त होइन भनेर शंका गरेका छन् ।
  • महामन्त्री पौडेलले सरकारलाई जननिर्वाचित संस्थाको गरिमा उच्च राख्न र पारदर्शी रूपमा अघि बढ्न अनुरोध गरेका छन् ।

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले संसद् अधिवेशन स्थगनले गम्भीर प्रश्नहरू उब्जाएको टिप्पणी गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको २४ घण्टा नबित्दै सरकारको सिफारिसमा संसद् अधिवेशन स्थगन गरेपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘यस घटनाले बलियो बहुमत प्राप्त सरकारले नीति निर्माणका विषयमा संसदलाई विश्वासमा लिएर पारदर्शी रूपमा अघि बढ्नुपर्नेमा अध्यादेशको बाटो रोज्न खोजेको त होइन भन्ने आशंका उब्जाएको छ,’ महामन्त्री पौडेलले शुक्रबार फेसबुकमा लेखेका छन् ।

सहज संसदीय अंकगणित र अनुकूल राजनीतिक परिस्थिति हुँदाहुँदै पनि सरकारको राजनीतिक आत्मविश्वास किन यति कमजोर भन्दै उनले प्रश्न पनि गरेका छन् ।

लोकतन्त्रमा विधि र प्रक्रियाको पारदर्शितालाई उच्च महत्व दिइनुपर्नेमा जोड दिँदै महामन्त्री पौडेलले प्रक्रिया छलेर परिणाम खोज्नु पद्दति र मर्यादा दुवैको अवमूल्यन भएको उल्लेख गरेका छन् ।

‘त्यसैले, जननिर्वाचित संस्थाको गरिमा उच्च राख्न र गरिमामय संसद्लाई पूर्ण विश्वासमा लिएर पारदर्शी रूपमा अघि बढ्न म सरकारसँग अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?