+
+
Shares

पोखरा आइपुगे ज्ञानेन्द्र शाह, विमानस्थलमा बाजागाजासहित स्वागत

शाहको स्वागतका लागि उनका समर्थकहरू बाजागाजासहित उपस्थित भएका थिए । उनीहरुले ‘राजा आउ, देश बचाउ’ भन्दै गणतन्त्र विरूद्ध नारा समेत लगाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते १२:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वराजा ज्ञानेन्द्र शाह ११ वैशाखमा पोखरा आइपुगेका छन् र समर्थकहरूले विमानस्थलमा बाजागाजासहित स्वागत गरेका छन्।
  • ज्ञानेन्द्र शाहले लोकतन्त्र दिवसकै दिन पोखरा भ्रमण सुरु गरेका छन् र उनले २ हप्तादेखि १ महिनासम्म बस्ने योजना बनाएका छन्।
  • उनले पोखरामा नवनिर्मित सोल्टी होटलमा बस्ने र विभिन्न स्थान अवलोकन तथा भेटघाट गर्ने कार्यक्रम तय गरेका छन्।

११ वैशाख, पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आइपुगेका छन् । उनलाई समर्थकहरुले विमानस्थलमा भेला भएर स्वागत गरेका छन् ।

शाहको स्वागतका लागि उनका समर्थकहरू बाजागाजासहित उपस्थित भएका थिए । उनीहरुले ‘राजा आउ, देश बचाउ’ भन्दै गणतन्त्र विरूद्ध नारा समेत लगाएका छन् ।

लोकतन्त्र दिवसकै दिन पूर्वराजा ज्ञानेन्द्र पोखरा भ्रमणमा निस्किएका हुन् । उनी पोखरामा नवनिर्मित सोल्टी होटलमा बस्ने छन् ।

ज्ञानेन्द्र शाह पोखरामा कम्तिमा २ हप्ता बस्ने योजनाका साथ आएको सुरक्षा स्रोतले जनाएको छ । पोखरा बसाइँको क्रममा उनले विभिन्न स्थान अवलोकन गर्ने र भेटघाट समेत गर्ने कार्यक्रम छ ।

ज्ञानेन्द्र शाहको पोखरा भ्रमण व्यवस्थापन समितिका सदस्य अर्जुन खनालले पूर्वराजाको यसपटकको भ्रमण अर्थपूर्ण रहेको बताए ।

पूर्वराजा कम्तिमा २ हप्ता पोखरा बस्ने यसपटकको भ्रमणबाट राजनीतिक हिसाबले पनि सन्देश दिने उनले बताए ।

२०८१ माघ २७ गते पोखरा भ्रमणमा आएका ज्ञानेन्द्र २ साता बसेर फर्किँदा राजावादीहरुले काठमाडौं विमानस्थलमा ठूलो शक्ति प्रदर्शन गर्दै स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?