+
+
Shares

कारागारबाट फरार व्यक्ति पक्राउ

कारागारबाट फरार भएका एक व्यक्ति पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते १२:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रामेछापको लिखु गाउँपालिका–५ का ३३ वर्षीय प्रेम तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ।
  • प्रेम तामाङले २१ असोज २०७७ मा भक्तपुर चाँगुनारायण नगरपालिका–८ मा ६५ वर्षीय चन्द्रबहादुर योन्जनलाई खुकुरी प्रहार गरी हत्या गरेका थिए।
  • २० भदौ २०७८ मा जन्मकैद फैसला पाएका प्रेम तामाङ जेनजी आन्दोलनको क्रममा सुन्धारा कारागारबाट फरार भएका थिए र अहिले मित्रपार्कबाट पक्राउ परेका छन्।

११ वैशाख, काठमाडौं । कारागारबाट फरार भएका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछापको लिखु गाउँपालिका–५ धोबीका ३३ वर्षीय प्रेम तामाङ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले २१ असोज २०७७ मा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ रानिबारीमा ६५ वर्षीय चन्द्रबहादुर योन्जनलाई खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

हत्यापछि उनले सामान समेत चोरी गरी लगेको प्रहरीले बताएको छ । २६ असोज २०७७ मा पक्राउ परेका उनलाई २० भदौ २०७८ मा भक्तपुर जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

त्यसपछि केन्द्रीय कारागार सुन्धारामा थुनामा रहेका उनी जेनजी आन्दोलनको क्रममा फरार भएका थिए । अहिले मित्रपार्कबाट पक्राउ परेका उनलाई सुन्धारा कारागार पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?