+
+
Shares

शाहरुख खानकी म्यानेजरले मुम्बईमा किनिन् ३ वटा अपार्टमेन्ट

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १२ गते ६:०१

माया नगरी मुम्बईबाट हरेक दिन कुनै न कुनै ठूलो समाचार सुन्न पाइन्छ । कहिले कुनै स्टारको फिल्म रिलिजको बारेमा त कहिले उनीहरूको विलासी जीवनशैलीबारे । तर यस पटक चर्चाको केन्द्रमा कुनै स्टार वा सुपरस्टार नभई ती व्यक्ति छिन्, जसले पर्दा पछाडि बसेर बलिउडका ‘बादशाह’ को दुनियाँ सम्हाल्छिन् । उनी हुन्, शाहरुख खानकी नजिकको र विश्वासिलो साथी एवं म्यानेजर पूजा ददलानीको ।

उनले हालै गरेको एउटा डिलका कारण अहिले फ्यानहरू निकै अचम्ममा परेका छन् । खबरअनुसार पूजा ददलानीले मुम्बईको महँगो क्षेत्र बान्द्रामा ३ वटा लक्जरी अपार्टमेन्ट किनेकी छिन् । यी सम्पत्तिहरूको कुल मूल्य करिब ३८.२१ करोड भारतीय रुपैयाँ हुने बताइएको छ । यस मूल्यले पनि धेरै सबैको ध्यान खिचिरहेको हो ।

प्रिमियम लोकेसनमा सम्पत्ति खरिद

शाहरुख खानकी म्यानेजरले खरिद गरेका ३ अपार्टमेन्टहरू कार्टर रोडमा रहेको ‘वरुण’ नामक भवनमा छन् । त्यहाँ अहिले पुन: निर्माणको काम चलिरहेको छ । यो क्षेत्र मुम्बईको सबैभन्दा प्रिमियम क्षेत्रहरूमा गनिन्छ । त्यहाँबाट समुद्रको शानदार दृश्य देख्न सकिन्छ । बान्द्राको यो क्षेत्र पहिलेदेखि नै फिल्मी कलाकार र ठूला व्यवसायीहरूको मनपर्ने ठाउँ रहँदै आएको छ । त्यसैले यहाँ सम्पत्ति किन्नु आफैँमा ठूलो कुरा मानिन्छ ।

रियल इस्टेटमा लगानी

यस डिलमा शाहरुखकी म्यानेजर पूजा ददलानी मात्र होइन, उनको पूरै परिवार संलग्न छ । पूजाले एउटा अपार्टमेन्ट आफ्नो नाममा लिएकी छिन् भने उनका पति हितेश गुरनानी र बुबा मोहन सेओराम ददलानीले एकएक वटा फ्ल्याट किनेका छन् । यसरी यो लगानी पारिवारिक योजनाका साथ गरिएको छ ।

यी अपार्टमेन्टहरूको आन्तरिक बनावटको कुरा गर्दा प्रत्येक अपार्टमेन्टको कार्पेट एरिया लगभग १,५११.१५ स्क्वायर फिट छ । यसका साथै ८१.१६ स्क्वायर फिटको बालकनी पनि छ । तीनवटै फ्ल्याटको कुल एरिया मिलाउँदा ४ हजार ७७६ स्क्वायर फिट हुन्छ ।

करोडौँ कमाउँछिन् पूजा ददलानी

पूजा ददलानी लामो समयदेखि शाहरुख खानको म्यानेजरको रूपमा काम गरिरहेकी छिन् । त्यसले मात्र उनले ठूलो रकम सङ्कलन गरेकी भने होइनन् । उनको व्यावसायिक जीवन निकै मजबुत मानिन्छ ।

उनले शाहरुख खानको कामकाज सम्हाल्नेसँगै आफैं पनि ब्रान्ड डिल र ठूला प्रोजेक्टहरूमा संलग्न छिन् । यही कारण उनलाई उद्योगकै सबैभन्दा महँगो म्यानेजरहरूमा गनिन्छ । खबरहरूका अनुसार उनको वार्षिक आम्दानी करिब ७ देखि ९ करोड भारुको आसपास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?