+
+
Shares

कैलाली प्रहरीको स्वीप अपरेसन : तीन दिनमा १६९ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय र मातहतले समेत गरेर बुधबारदेखि शुक्रबारसम्म विभिन्न कसुरमा संलग्न १६९ जनालाई नियन्त्रणमा लिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १२ गते १२:०८

१२ वैशाख, धनगढी । कैलाली प्रहरीले स्वीप अपरेशन चलाएर तीन दिनमा १६९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतले समेत गरेर बुधबारदेखि शुक्रबारसम्म विभिन्न कसुरमा संलग्न १६९ जनालाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जिल्लाभर सञ्चालन गरिएको उक्त अपरेसनअन्तर्गत विभिन्न कसुरमा उनीहरुलाई नियन्त्रणमा लिइएको बताए ।

उनका अनुसार अपरेशनमा ३९ जना लागुऔषध सेवनकर्तालाई नियन्त्रणमा लिइएको थियो भने २३ जना लागुऔषधसहित पक्राउ परेका छन् ।  उनीहरूको साथबाट प्रहरीले १७ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर, १ ग्राम ३०० मिलिग्राम चरेश, नाइट्रोजेपाम १७७ ट्याब्लेट, ट्रामाडोल २०० पिस र १७ ग्राम गाँजा बरामद गरिएको डीएसपी तिमिल्सिनाले बताए ।

यस्तै, अदालतबाट सजाय तोकिएर फरार रहेका १० जना प्रतिवादीलाई पनि पक्राउ गरिएको छ भने चोरीमा संलग्न ४ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरूमध्ये लागुऔषधसहित पक्राउ परेका २३ जनालाई मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको छ ।

१० जना प्रतिवादी र चार जना चोरीमा संलग्न व्यक्तिहरुलाई पनि कानुनअनुसार गरिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार नियन्त्रणमा लिइएका मध्ये ९३ जनालाई सम्झाइबुझाइ गरेर छाडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?