+
+
Shares

पञ्चायतकालीन असमानता र विभेदको कथा समेटिएको ‘दहाड’ विमोचन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १३ गते १३:२८
कथासङ्ग्रह ‘दहाड’को विमोचन

१३ वैशाख, काठमाडौं । कवि, लेखक र पत्रकार नवीन अभिलाषीको कथासङ्ग्रह ‘दहाड’को विमोचन भएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा पुस्तकको विमोचन गरिएको हो ।

नेपाली साहित्यका सिद्धहस्त लेखक नारायण ढकाल, समालोचक राजकुमार बानियाँ र समीक्षक एवं निबन्धकार कुमारी लामाले कथासङ्ग्रह विमोचन गरे ।

१२ वटा कथा समावेश सङ्ग्रहमा पञ्चायतकालीन असमानता र विभेद भोगेका आम नागरिकका विषयवस्तु समेटिऐको छ । समाजमा विकृति र विसङ्गति, पञ्चायतकालीन समय, समाज र मानवीय संवेदना, सामाजिक संरचना, अन्याय, दमन र जनजीवनको पीडालाई सङ्ग्रहमा गहिरो रूपले समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?