+
+
Shares

स्पोटीफाईले सार्वजनिक गर्‍यो २० वर्षमा धेरै सुनिएका गीत, कलाकारको सूची

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १३ गते १४:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पोटिफाइले २० वर्ष पूरा भएको अवसरमा सबैभन्दा धेरै स्ट्रिम गरिएका कलाकार, एल्बम, गीत, पोडकास्ट र अडियोबुकको सूची पहिलोपटक सार्वजनिक गरेको छ।
  • कलाकारतर्फ टेलर स्विफ्ट सबैभन्दा धेरै स्ट्रिम भएकी कलाकार भएकी छन् भने ब्याड बन्नीको ‘अन भेरानो सिन ती’ एल्बम पहिलो स्थानमा छ।
  • पोडकास्टतर्फ ‘द जो रोगन एक्सपिरियन्स’ र अडियोबुकतर्फ सारा जे मासको ‘ए कोर्ट अफ थन्र्स एन्ड रोजेस’ शीर्ष स्थानमा छन्।

काठमाडौं । संगीतको स्ट्रिमिङ प्लेटफर्म ‘स्पोटिफाइ’ सञ्चालनमा आएको दुई दशक पुगेको छ । तर, यसको वास्तविक कथा प्लेटफर्मले होइन, संसारभरका श्रोताले के सुन्ने रोजे भन्नेमा लुकेको छ ।

२० वर्ष पूरा भएको अवसरमा स्पोटिफाइले पहिलोपटक आफ्नो इतिहासका सबैभन्दा धेरै स्ट्रिम गरिएका कलाकार, एल्बम, गीत, पोडकास्ट र अडियोबुकको सूची सार्वजनिक गरेको छ । यी सूची विश्वभरका करोडौँ प्रयोगकर्ताले वर्षौँसम्म सुनेका सामग्रीको आधारमा तयार गरिएको कम्पनीले जनाएको छ ।

सार्वजनिक सूचीले एउटा स्पष्ट संकेत दिन्छ- केवल एकपटक चर्चामा आएका होइन, लामो समयसम्म मानिसको दैनिकीमै बस्न सफल भएका सामग्री नै यहाँ अग्रस्थानमा छन् । संगीत मात्र होइन, कथाहरू पनि मानिसको दैनिक जीवनको हिस्सा कसरी बन्छन् भन्ने चित्र यी तथ्याङ्कले देखाउँछ ।

कलाकारतर्फ टेलर स्विफ्ट सबैभन्दा धेरै स्ट्रिम गरिएकी कलाकार बनेकी छन् । उनीपछि ब्याड बन्नी, ड्रेक, द विकेन्ड र एरियाना ग्रान्डे शीर्ष स्थानमा छन् । यो सूचीले पछिल्लो दशकमा पप, हिप–हप र ग्लोबल म्युजिकको प्रभाव कति व्यापक छ भन्ने देखाउँछ ।

एल्बमतर्फ ब्याड बन्नीको ‘अन भेरानो सिन ती’ पहिलो स्थानमा छ भने द विकेन्डको ‘स्टारबोय’ दोस्रो स्थानमा छ । एड शिरन, ओलिभिया रोड्रिगो र एसजेडएका एल्बम पनि शीर्ष स्थानमा देखिन्छन् ।

गीततर्फ द विकेन्डको ‘ब्लाइन्डिङ लाइट्स’ सबैभन्दा धेरै स्ट्रिम भएको गीत बनेको छ । एड शिरनको ‘शेप अफ यू’ दोस्रो स्थानमा छ भने ‘स्वेटर वेदर’, ‘स्टारबोय’ र ‘अज इट वाज’ जस्ता गीतहरू पनि सूचीमा अगाडि छन् ।

पोडकास्टतर्फ ‘द जो रोगन एक्सपिरियन्स’ पहिलो स्थानमा छ । यसपछि ‘गेमिश्टेस ह्याक’, ‘क्राइम जंकी’ र ‘आर्मचेयर एक्सपर्ट’ जस्ता शोहरू लोकप्रिय देखिन्छन् ।

अडियोबुकतर्फ सारा जे मासको ‘ए कोर्ट अफ थन्र्स एन्ड रोजेस’ शीर्ष स्थानमा छ । जेआरआर. टोल्किनको ‘द फेलोशिप अफ द रिङ’ र रेबेका यारोसको ‘फोर्थ विंग’ पनि अग्रस्थानमा छन् ।

यी सबै सूचीले एकै कुरा भन्छन्, ‘संगीत र कथा समयसँगै बदलिँदै गए पनि मानिसले मन पराएका सामग्रीहरू भने लामो समयसम्म टिकिरहन्छन् । स्पोटिफाइको २० वर्षे यात्राले यही निरन्तरताको कथा सुनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?