News Summary
Generated by OK AI. Editorially reviewed.- एलओडी क्लबमा अमेरिकन बोर्डरलाइनका १६ कलाकारले रोबर्टिक डान्स, बेलुन डान्स र प्लेन डान्ससहित दुई घण्टासम्म प्रस्तुति दिएका थिए।
१३ वैशाख, काठमाडौं । एलओडी क्लबमा ‘अमेरिकन बोर्डरलाइन ‘ ले प्रस्तुति दिएको छ । उनीहरूले शनिबार राति क्लबमा विभिन्न प्रस्तुति दिएका हुन्।
क्लबमा अमेरिकन बोर्डरलाइनका १६ जना कलाकारले विभिन्न आकर्षक र रोमाञ्चक प्रस्तुति दिएका थिए । २ घण्टासम्मको प्रस्तुतिमा रोबर्टिक डान्स, बेलुन डान्स र प्लेन डान्ससमेत गरेका थिए ।
यस खालको प्रस्तुति फरक र नौलो रहेको दर्शकहरूले प्रतिक्रिया दिएका थिए ।
क्लबिङ संस्कृतिमा यो इभेन्टले नयाँ आयाम थपेको क्लबका निर्देशक भुपेन कुँवरले बताए ।
क्लबमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको उपस्थिति गराएर इभेन्ट गरे पनि यस्तो खाले इभेन्ट पहिलोपटक गरिएको उनको भनाइ छ ।
मनोरञ्जनका लागि नेपाल आउने पर्यटकको संख्या वृद्धि हुँदा समग्र पर्यटन उद्योगमा सकारात्मक प्रभाव पर्ने कुँवरको भनाइ छ ।
यस वर्षका लागि एलओडी क्लब विश्वका उत्कृष्ट क्लबहरूमध्ये ४०औँ मा परेको छ ।
प्रतिक्रिया 4