+
+
Shares

युद्धविराम बीच लेबनानमा इजरायली आक्रमण, १४ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १२:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा दुई बालबालिकासहित १४ जनाको मृत्यु भएको र ३७ जना घाइते भएको जनाएको छ।
  • गत बिहीबार दुई देशबीचको युद्धविराम तीन हप्ताका लागि बढाइएको बेला यो आक्रमण भएको हो।
  • इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आईडीएफ सक्रिय र जोशका साथ काम गरिरहेको र हिजबुल्लाहलाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाए।

काठमाडौं । लेबनानको स्वास्थ्य मन्त्रालयले आइतबार इजरायली आक्रमणमा दुई बालबालिकासहित १४ जनाको मृत्यु भएको र अन्य ३७ जना घाइते भएको जनाएको छ ।

गत बिहीबार दुई देशबीचको युद्धविराम तीन हप्ताका लागि बढाइएको बेला यो आक्रमण भएको हो।

सम्झौता अनुसार इजरायललाई जुनसुकै बेला आफ्नो सुरक्षाका लागि आवश्यक कदम चाल्ने अधिकार छ ।

आक्रमण हुनुभन्दा पहिले इजरायल रक्षा बल (आईडीएफ) का प्रवक्ताले दक्षिणी लेबनानका धेरै गाउँहरूमा बासिन्दाहरूलाई तुरुन्तै छोड्न चेतावनी दिएका थिए ।

त्यहाँ रहँदा जीवनको खतरा हुने भन्दै गाउँछाड्न भनिएको थियो

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आईडीएफ सक्रिय र जोशका साथ काम गरिरहेको बताए । उनले हिजबुल्लाहलाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?