+
+
Shares

३० हजार घुस लिएको आरोपसहित पक्राउ परेका कर्मचारीविरुद्ध मुद्दा दायर

आयोगले चौधरीलाई चैत १६ गते उद्योग नवीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस/रिसवत मागेर हैरानी दिएको सूचनाका आधारमा पक्राउ गरेको जनाएको थियाे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १९:००

१४ वैशाख, काठमाडौं । गत चैतमा ३० हजार घुस रकम लिएको आरोपसहित पक्राउ परेका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक सञ्जय चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम जरिवाना सजाय मागदाबी गरेर सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।

आयोगले चौधरीलाई चैत १६ गते उद्योग नवीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस/रिसवत मागेर हैरानी दिएको सूचनाका आधारमा पक्राउ गरेको जनाएको छ । उनले पक्राउ पर्दा ३० हजार घुस रकम लिइसकेको पनि आयोगले जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?