+
+
Shares

नेप्सेका अध्यक्ष बस्यालले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते ८:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्टक एक्स्चेन्जका अध्यक्ष हेमन्त बस्यालले नियुक्तिको १ वर्ष नपुग्दै सोमबार अर्थ मन्त्रालयमा राजीनामा बुझाएका छन्।
  • धितोपत्र बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठले वैशाख ४ गते राजीनामा दिएका थिए र बोर्ड अध्यक्ष नियुक्तिका लागि आवेदन माग गरिएको छ।
  • नेप्सेको अध्यक्ष बस्यालले राजीनामा दिएपछि पूँजी बजारका दुवै नियामक अध्यक्षविहीन भएका छन्।

१५ वैशाख, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का अध्यक्ष हेमन्त बस्यालले राजीनामा दिएका छन् । नियुक्तिको १ वर्ष नपुग्दै उनले सोमबार अर्थ मन्त्रालयमा राजीनामा बुझाएका हुन् । गत भदौ १९ गते उनी नेप्सेको अध्यक्ष नियुक्त भएका थिए ।

सरकारले विगतमा राजनीतिक नियुक्त भएका विभिन्न निकायका उच्च पदाधिकारीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्दै आएको थियो । नेप्सेको अध्यक्षबाट बस्यालले राजीनामा दिएसँगै दुवै पूँजी बजारका नियामक अध्यक्षविहीन भएका छन् ।

यसअघि धितोपत्र बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठले वैशाख ४ गते राजीनामा दिएका थिए । बोर्ड अध्यक्ष नियुक्तका लागि गठिन सिफारिस समितिले नियुक्तिका लागि आवेदन माग गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?