News Summary
Generated by OK AI. Editorially reviewed.- उच्च अदालत पाटनले चलचित्र ‘लालीबजार’ को प्रदर्शन २२ वैशाखसम्म रोक्न आदेश दिएको छ।
- वादी समुदायकी रोशनी नेपालीले चलचित्रका केही शब्दहरूमा आपत्ति जनाउँदै रिट दायर गरेकी थिइन्।
- केन्द्रीय चलचित्र जाँच समितिले सोमबार मात्र ‘लालीबजार’ लाई युनिभर्सल प्रमाणपत्र दिएको थियो।
१५ वैशाख, काठमाडौं । चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतले आदेश जारी गरेको छ ।
उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए ।
वादी समुदायको तर्फबाट रोशनी नेपालीले मुद्दा दायर गरेकी थिइन् । चलचित्रका केही शब्दहरूमा आपत्ति जनाउँदै नेपालीले रिट दायर गरेकी थिइन् ।
यम थापा निर्देशित फिल्म १८ बैशाखदेखि प्रदर्शन तयारीमा थियो ।
षट्कोण आर्टसले निर्माण गरेको फिल्म वादी समुदायका महिलाले गर्ने संघर्षको कथावस्तुमा आधारित छ ।
सोमबार मात्रै केन्द्रीय चलचित्र जाँच समितिले यो फिल्मलाई युनिभर्सल प्रमाणपत्र दिइसकेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4