+
+
Shares

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले बीमा सम्बन्धी ऐन, २०७९ अन्तर्गतको कसुरमा श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते १८:४१

१५ वैशाख, काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले बीमा सम्बन्धी ऐन, २०७९ अन्तर्गतको कसुरमा श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ ।

नेपाल बीमा प्राधिकरणले  नेपाल माईक्रो इन्स्योरेन्स कम्पनीको संलग्नतामा बीमा सम्बन्धी ऐनको दफा १४० को उपदफा(१)को खण्ड(६) सम्बन्धी कसुर गरेको भन्ने उल्लेख भइआएको प्रहरीले जनाएको छ ।

सोही आधारमा सोमबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर मंगलबार कागेश्वरी मनोहरा नगरपालिका–५बाट अध्यक्ष श्रेष्ठलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको सीआईबीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?