News Summary
Generated by OK AI. Editorially reviewed.- जर्मनीको लाइपजिङमा बस्ने सफ्टवेयर डेभलपर सेड्रिक सिक्स्टसले स्पटिफाईमा एआई गीत रोक्न \'स्पटिफाई एआई ब्लकर\' टुल्स तयार पारेका छन्।
सन् २०२५ को मध्यतिर जर्मनीको लाइपजिङमा बस्ने सफ्टवेयर डेभलपर सेड्रिक सिक्स्टस एउटा कुरादेखि वाक्क दिक्क भए । उनले स्पोटिफाई (गीत सुन्ने प्लेटफर्म) मा बारम्बार एआई गीत सुन्नु परिरहेको थियो । एआई म्युजिकलाई रोक्न प्लेटफर्ममा कतै केही विकल्प छ कि भनेर उनले हेरिहेरे । तर, पाएनन् । प्लेटफर्ममा त्यो विकल्प छँदा पनि थिएन ।
त्यसपछि उनैले त्यस्ता एआई म्युजिक चिन्न र ब्लक गर्ने एउटा नयाँ टुल्स तयार गरे- स्पटिफाई एआई ब्लकर । अहिले यो टुल्सलाई सयौँ मान्छेहरूले डाउनलोड गरिसकेका छन् ।
यो टुल्सले ४ हजार ७०० भन्दा बढी शंकास्पद ‘एआई आर्टिस्ट’हरूको सूचीलाई फिल्टर गर्छ । धेरै संख्यामा गीतहरू रिलिज गर्ने, एआई शैलीको कभर आर्ट भएका र बाह्य डिटेक्सन टुलले शंकास्पद देखाएका आर्टिस्टहरू यो सूचीमा पर्छन्।
विश्वको सबैभन्दा लोकप्रियमध्येको एक म्युजिक स्ट्रिमिङ प्लेटफर्म स्पटिफाईका लागि भने यस्तो कदम अस्तित्वको लडाइँ समान हुने बताइन्छ ।
किनकि अक्सफोर्ड विश्वविद्यालयका रोबर्ट प्रेका अनुसार स्पटिफाईले संगीत कसरी बनाइयो भन्ने कुरामा कुनै निर्णय सुनाउन चाहँदैन । यही पारदर्शिता नहुँदा प्रयोगकर्ता र वास्तविक कलाकारहरूको विश्वास गुम्ने जोखिम बढेको उनको भनाइ छ ।
यद्यपि अप्रिलमा कम्पनीले एउटा परीक्षण फिचर सुरु गरेको थियो । त्यसले गीतको ‘क्रेडिट’मा कलाकारले कसरी एआई प्रयोग गरे भनेर देखाउने विकल्प दिन्थ्यो । तर, यो कुरा कलाकारको इच्छामा छाडिदिएको थियो । यसो हुँदा सबै गीतमा एआईबारे देखिँदैनथ्यो । यसबारे टिप्पणी गर्दै स्पोटिफाईले एउटा व्यापक प्रणाली बनाउन सम्पूर्ण संगीत उद्योगको सहकार्य आवश्यक रहेको बताएको थियो ।
अहिले सुनो, उडियो जस्ता प्लेफर्महरूले केही सेकेन्डमै गीतहरू बनाउन सक्छ । संगीत स्ट्रिमिङ प्लेटफर्म डिजर र बजार अुनसन्धान गर्ने संस्था इप्सोसले संयुक्त रूपमा गरेको हालैको एक सर्वेक्षण अनुसार ९७ प्रतिशत श्रोताले एआई र वास्तविक कलाकारले बनाएको संगीतबीचको फरक छुट्याउन सकेनन् । दैनिक रूपमा हजारौँ यस्ता गीतहरू स्ट्रिमिङ प्लेटफर्ममा अपलोड भइरहनु, श्रोताहरूले निकै संगीत सुन्न यी कारण हुन् । यसले गर्दा वास्तविक कलाकारहरूको कमाइमा पनि प्रत्यक्ष असर पुग्ने गर्छ ।
अन्य कम्पनीको फरक बाटो
स्पटिफाईको तुलनामा अन्य प्रतिस्पर्धी कम्पनीले भने एआई म्युजिकलाई लिएर केही कडा कदम चालेका छन् । जस्तो, डिजरले एआई म्युजिक चिन्न आफ्नै प्रविधि प्रयोग गर्छ । त्यसपछि उसले त्यस्ता म्युजिकलाई थप श्रोता समक्ष देखाउँदैन । एप्पल म्युजिकले ‘ट्रान्सपरेन्सी ट्याग’ ल्याउने भएको छ । यस ट्यागले गीतमा एआई प्रयोग गरेको, गरेको भए कति गरेको भन्ने कुरा खुलाउनु पर्ने बताइएको छ ।
के एआई संगीतलाई लेबल गर्नु सम्भव छ ?
विज्ञहरूका अनुसार अब एआई म्युजिकलाई ठ्याक्कै एउटै वर्गमा राख्न गाह्रो छ । अर्थात् लेबल लगाउनु गाह्रो छ । किनकि केही कलाकारले गीत लेख्न मात्र एआई प्रयोग गर्छन् भने केहीले पूर्ण गीत नै एआईबाट बनाउँछन् । त्यसपछि गीत बनाउन एआईको अन्य सहायता लिने कुरा फेरि छँदै छ । त्यसपछि यदि कुनै वास्तविक कलाकारको संगीतलाई गल्तीले ‘एआई’ लेबल लाग्यो भने थप समस्या निम्तिन सक्ने सम्भावना पनि उत्तिकै छ ।
यद्यपि सन् २०२६ देखि लागू हुने युरोपेली युनियनको ‘एआई एक्ट’ले केही नियमहरू परिवर्तन गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4