+
+
Shares

भेरी अस्पतालका आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू काममा फर्किए

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १४:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालगन्जस्थित भेरी अस्पतालमा चिकित्सकमाथि दुर्व्यवहार गर्ने कुशल दर्लामी पक्राउ परेपछि चिकित्सक र स्वास्थ्यकर्मीहरूले काममा फर्किएका छन्।
  • अस्पताल प्रशासनले चिकित्सक र स्वास्थ्यकर्मीहरू नियमित सेवामा फर्किएको विज्ञप्ति जारी गरेको छ।
  • चिकित्सकहरूले दोषीमाथि कडा कारबाही, २४ घण्टाभित्र पक्राउ, र सामाजिक सञ्जालमा गालीगलौज हटाउन माग गरेका छन्।

१६ वैशाख, नेपालगन्ज । चिकित्सकहरूमाथि दुर्व्यवहार गर्दै ज्यान मार्ने धम्की दिएको आरोप लागेका कुशल दर्लामी पक्राउ परेपछि नेपालगन्जस्थित भेरी अस्पतालका आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू काममा फर्किएका छन् ।

अस्पताल प्रशासनले विज्ञप्ति जारी गर्दै चिकित्सक र स्वास्थ्यकर्मीहरू नियमित सेवामा फर्किएको जनाएको छ । काममा फर्किए पनि उनीहरूले केही महत्त्वपूर्ण मागहरू भने अघि सारेका छन् ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधन २०७९) अनुसार दोषीमाथि कडा कारबाही गर्नुपर्ने, घटनामा संलग्न अन्य व्यक्तिहरूलाई २४ घण्टाभित्र पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुपर्ने र सामाजिक सञ्जालमा राखिएका गालीगलौजका भिडियोहरू हटाउनुपर्ने उनीहरूको माग छ ।

यी मागहरू पूरा नभए पुनः आन्दोलनमा उत्रिने चेतावनी चिकित्सकहरूले दिएका छन् ।

यसअघि मङ्गलबारदेखि ओपीडीलगायतका सेवा ठप्प हुँदा पश्चिम नेपालकै प्रमुख अस्पतालका रूपमा रहेको भेरी अस्पतालमा उपचारका लागि आएका बिरामीहरू निकै मर्कामा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?