+
+
Shares

प्रतिकूल मौसमले उडान सेवा प्रभावित

नयाँदिल्लीबाट आएको एयर इन्डियाको जहाज ‘मिस अप्रोच’ का कारण ओभरसुट गर्नुपरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १५:०६

१६ वैशाख, काठमाडौं । काठमाडौंमा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित बनेको छ ।

भारत नयाँदिल्लीबाट आएको एयर इन्डियाको जहाज ‘मिस अप्रोच’ का कारण ओभरसुट गर्नुपरेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार यो जहाज केहीबेर होल्ड गरी अहिले बनारस डाइभर्ट भएकाे छ ।

त्यस्तै थाई लायनको जहाज समेत अहिले होल्डिमा छ । फ्लाइ दुबईको जहाज समेत होल्डमा रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिकूल मौसमले आन्तरिक उडानका जहाज समेत प्रभावित बनेका छन् । अहिले सिमरा, पोखरा, विराटनगर, भैरहवा जाने उडान डिले भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?