News Summary
Generated by OK AI. Editorially reviewed.- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
- मुद्दा विशेष अदालतमा दायर गरिएको छ जसमा गलत लिखत, सरकारी कागजात सच्याएको र गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको आरोप छ।
- सियारी गाउँपालिका-२ का निधन भइसकेका बेलर कहरको नाममा नक्कली जग्गाधनी कायम गरेको उजुरीपछि ७ जनाको संलग्नता पुष्टि भएको अख्तियारले जनाएको छ।
१६ वैशाख, काठमाडौं । मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य, सियारी गाउँपालिका-२ का तत्कालीन वडा अध्यक्ष राम किशन थारूसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा गलत प्रतिवेदन तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र विशेष अदालतमा दायर गरेको हो ।
सियारी गाउँपालिका-२ का निधन भइसकेका बेलर कहरको नाममा कायम रहेको जग्गा कर्मचारीको मिलेमतोमा नक्कली जग्गाधनी कायम गरेको भन्ने उजुरीपछि अनुसन्धान गर्दा ७ जनाको संलग्नता रहेको अख्तियारको ठहर छ ।
अख्तियारले तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य र मालपोत अधिकृत भूमिश्वर ढकाल, तत्कालीन नायव सुब्बा राजु शर्मा र खरिदार अजित कुमार साहनी, सियारी गाउँपालिका वडा नं. २ का तत्कालीन वडा अध्यक्ष राम किशन थारू, सियारी गाउँपालिका वडा नं. २ का तत्कालीन वडा सदस्य वृजनारायण यादव प्रतिवादी बुद्धिराम कहारविरुद्ध मुद्दा दायर गरेको हो ।
प्रतिक्रिया 4