+
+
Shares

रुकुमपूर्वमा हावाहुरीसहित भारी असिनापानी, पाकेको गहुँबाली सोत्तर

भित्र्याउने तयारीमा रहेको गहुँबालीमा क्षति पुगेपछि किसानलाई ठूलो चिन्ता पलाएको छ ।

बालाराम शेर्पाली बालाराम शेर्पाली
२०८३ वैशाख १६ गते १७:२८

१६ वैशाख, रुकुमपूर्व । बुधबार दिउँसो परेको हावाहुरीसहितको असिनापानीले रुकुमपूर्वका विभिन्न क्षेत्रमा पाक्नै लागेको गहुँबालीमा ठूलो क्षति पुर्‍याएको छ । भित्र्याउने तयारीमा रहेको गहुँबालीमा क्षति पुगेपछि किसानलाई ठूलो चिन्ता पलाएको छ ।

जिल्लाको पुथा उत्तरगंगा, सिस्ने र भूमे गाउँपालिकाका विभिन्न ठाउँमा हावाहुरीसहितको ठूलो वर्षा र असिनापानी परेको स्थानीयले बताएका छन् । जसले पाकेको गहुँलाई ढलाएर धुलो पारेको किसानको गुनासो छ ।

मुख्य खाद्यान्नका रूपमा रहेको गहुँबाली अन्तिम समयमा क्षतिग्रस्त हुँदा उत्पादनमा ठूलो गिरावट आउने अनुमान गरिएको छ । केही स्थानमा तरकारी तथा फलफूल खेतीमा समेत असर परेको छ ।

वर्षाले मध्यपहाडी लोगमार्ग रुकुमपूर्व खण्डसमेत अवरुद्ध बनेको ।

No description available.

No description available.

No description available.

लेखक
बालाराम शेर्पाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?