News Summary
Generated by OK AI. Editorially reviewed.- गोकर्णेश्वर नगरपालिका–७ बाट ६६ वर्षीय उमेश सिंह १४ वैशाखदेखि बेपत्ता भएका छन्।
- उनी भारत घर भइ काठमाडौं बस्दै आएका थिए र टिसर्ट र ट्राउजर लगाएका थिए।
- परिवारले भेटेमा प्रहरी कार्यालय वा नम्बर ९८१८१०३९७४ मा सम्पर्क गर्न आग्रह गरेको छ।
१७ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–७ बाट एक व्यक्ति बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा भारत घर भइ काठमाडौं बस्दै आएका ६६ वर्षीय उमेश सिंह रहेका छन् । सिंह बेपत्ता भएको भन्दै प्रहरी वृत्त बौद्धमा उजुरी दिए पनि फेला नपरेको उनका छोरा सुजन सिंहले बताएका छन् ।
परिवारका अनुसार उनी १४ वैशाखबाट घरबाट निस्केका थिए । त्यसयता उनी बेपत्ता भएको परिवारले बताएको छ । गहुँ गोरो वर्णको, साधारण लेखपढ गर्न जान्ने उनी नेपाली भासा समेत बोल्ने गर्छन् । टिसर्ट र ट्राउजर लगाएका उनी अन्दाजी करिब ५० केजी जति रहेको परिवारले बताएको छ ।
कोही कसैले देखे, भेटेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गराइदिने वा आफन्तको नम्बर ९८१८१०३९७४ मा सम्पर्क गर्न आफन्तले आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4