+
+
Shares

कांग्रेस इतर समूहले भन्यो : एक पक्षीय नेतृत्वबाट महाधिवेशनमा पूर्ण पार्टी सहभागिता असम्भव

निर्वमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सम्पन्न दुई दिने भेलाको निष्कर्ष सार्वजनिक गर्न बिहीबार जारी प्रेस विज्ञप्तिमा एकताको महाधिवेशनका लागि सहर्मातमा साझा सरचनाहरूको आवश्यकता हुने ठहर गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते १४:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको संस्थापनइतर समूहले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले १५ औं महाधिवेशनमा सम्पूर्ण पार्टीपंक्तिको सम्मानजनक सहभागिता गराउन असम्भव भएको निष्कर्ष निकालेको छ।
  • संस्थापनइतर समूहले पार्टी एकता र सुदृढ काग्रेस निर्माणका लागि १४ औं महाधिवेशनबाट संशोधित विधानअनुसार सबै तहमा पार्टी एकताको अभियान सञ्चालन गर्न माग गरेको छ।
  • इतर समूहले विशेष महाधिवेशनले पार्टीमा विवाद सिर्जना गरेको र २१ फागुनको निर्वाचनमा पराजयको मुख्य जिम्मेवार उक्त महाधिवेशन र नेतृत्व भएको ठहर गरेको छ।

१७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले पार्टीको सम्पूर्ण पार्टीपंक्तिको सम्मानजनक सहभागितामा १५ औं महाधिवेशन गराउन असम्भव रहेको निष्कर्ष निकालेको छ ।

धुम्बाराहीस्थित होटल स्मार्टमा दुई दिनसम्म चलेको संस्थापनइतर समूहको भेलाले पार्टीको वर्तमान नेतृत्वले सम्पूर्ण पार्टीपंक्तिको सम्मानजनक सहभागितामा १५ औं महाधिवेशन गराउन असम्भव रहेको निष्कर्ष निकालेको हो ।

निर्वमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सम्पन्न दुई दिने भेलाको निष्कर्ष सार्वजनिक गर्न बिहीबार जारी प्रेस विज्ञप्तिमा एकताको महाधिवेशनका लागि सहर्मातमा साझा सरचनाहरूको आवश्यकता हुने ठहर गरिएको छ ।

‘एकपक्षीय महाधिवेशन प्रतिनिनिधिहरूको मात्र सहभागितामा भएको तथाकथित विशेष महाधिवेशनवाट चयन भएको नेतृत्वले अब हुने १५ औं महाधिवेशनमा सम्पूर्ण पार्टी पंक्तिको सम्मानजनक सहभागिता गराउने र उक्त महाधिवेशनवाट निष्पक्ष निर्वाचन हुने कुरा असम्भव भएकोले पार्टीको वृहत्तर एकताको महाधिवेशनका लागि सहर्मातमा साझा सरचनाहरूको आवश्यकता हुने ठहर गर्दै सम्बन्धित सबैको ध्यानाकर्षण गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

पार्टी एकता र सुदृढ एवं सवल काग्रेस निर्माणका लागि सिंगो कांग्रेसको सहभागिता हुने गरी १४ औं महाधिवेशनवाट संशोधन गरिएको विधानबमोजिम सबै तहमा पार्टी एकताको अभियान कार्यक्रम सञ्चालन गर्नु पर्ने इतर समूहको माग छ ।

विधानको व्यवस्थाअनुसार पार्टी छोडेका, अनुशासनको कारबाहीमा परेका, मृत्यु भएका वा आफ्नै स्वेच्छाले सदस्यता त्याग गर्न चाहेका व्यक्तिहरूको सदस्यता सूचि अध्यावधिक गर्नु र कुनै विशेष कारणले नवीकरण गर्न छुटेका वा निर्वाचन पछि पनि पार्टीमा आउन चाहने व्यक्तिहरूलाई क्रियाशील सदस्यता प्रदान गर्नेु पर्ने कारणले सदस्यता नवीकरण र वितरण गर्नुलाई इतर समूहले स्वभाविक भनेको छ ।

पार्टीको निर्णयानुसार १५ औं महाधिवेशनको कार्यतालिका बमोजिम क्रियाशील सदस्यता नवीकरण तथा वितरण कार्य लगभग सम्पन्न भइसकेको अवस्थामा अध्यावधिकको नाममा पूर्वाग्रही ढंगले स्थापनाकालको इतिहास र लोकतन्त्रको क्रान्ति, सघर्ष र आन्दोलनका योद्दाहरूको जीवनसँग जोडिएको क्रियाशील सदस्यता खारेज गरेर अन्य कुनै नाममा नवीकरण गर्नु सरासर गलत र बदनीयतपूर्ण भएको विज्ञप्तिमा उल्लेख छ ।

‘त्यस्ता कार्य नगर्न नगराउन पार्टीका सबै तहका जिम्मेवार साथीहरूमा अपील गर्दछौं,’ निवर्तमान कार्यवाहक सभापति खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उनले नेतृत्वलाई कांग्रेसले नागरिकका वैयक्तिक स्वतन्त्रता, राजनीतिक स्वतन्त्रतासहितको वाक स्वतन्त्रताका लागि गर्दै आएको संघर्ष स्मरण गराएका छन् ।

नेता खड्काले पार्टीका विभिन्न नेताहरूमाथि अभिव्यक्ति दिएकै आधारमा पूर्वाग्रह साँधेर अनुशासनको नाममा स्पष्टीकरण सोध्ने, उनीहरू माथि कारबाहीको डण्डा चलाउने कार्य भइरहेको भन्दै आपत्ति जनाएका छन् । उनले निरंकुश प्रवृत्ति तत्काल रोक्न र आगामी दिनमा नदोहोर्‍याउन नेतृत्वको ध्यानाकर्षण पनि गराएका छन् ।

आमनिर्वाचनको पूर्वसन्ध्यामा जबरजस्ती एक पक्षीय ढंगले पार्टीको विशेष महाधिवेशन गराउनु नै वर्तमान विवादको कारण भएको इतर समूहको निष्कर्ष छ । २१ फागुनमा सम्पन्न निर्वाचनमा व्यहोर्नु परेको पराजयको मुख्य जिम्मेवार विशेष महाधिवेशनको आयोजना र अगुवाई गर्ने नेताहरू नै भएको उक्त समूहको ठहर छ ।

इतर समूहले एकतावद्ध सिंगो, सुदृढ र बलियो कांग्रेसले मात्रै अन्य दलहरू र राष्ट्रवादी शक्तिहरूसँग संवाद, सहर्मात र सहकार्य गर्दै राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, नार्गारक अधिकारको रक्षा एवव् संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा गर्न सक्ने ठहर गर्दै पार्टीको वृहत्तर एकताका लागि आव्हान पनि गरेको छ ।

भेलाले प्रभावकारी बजार अनुगमन गरी मूल्य नियन्त्रण गर्नुका साथै इन्धनलगायतका अत्यावश्यक वस्तुमा विशेष छुट, अनुदान र राहतको नीतिगत निर्णय गरेर आमजनताको दैनिक जीवन सहज बनाउन सरकारसँग माग पनि गरेको छ ।

निवर्तमान कार्यवाहक सभापति खड्काको आह्वानमा सम्पन्न दुई दिने भेलामा निवर्तमान सभापति शेरबहादुर देउवाको समूहबाट १४ औं महाधिवेशनमा निर्वाचित भएका केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू र क्षेत्रीय सभापतिहरू सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?