News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालयले १७ वटा संघ-संस्थालाई ३५ दिनभित्र जग्गा खाली गर्न पत्र काटेको छ।
- त्रिविको सामान्य प्रशासन महाशाखाले ४ वैशाखमा जग्गा अतिक्रमण गर्ने संघ-संस्थालाई ३५ दिने सूचना जारी गरेको थियो।
- त्रिविको जग्गा तथा अचल सम्पत्ति छानबिन समितिको प्रतिवेदनको आधारमा जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु गरिएको छ।
१७ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले १७ वटा संघ-संस्थालाई ३५ दिनभित्र जग्गा खाली गर्न पत्र काटेको छ ।
त्रिविको सामान्य प्रशासन महाशाखाले जग्गा अतिक्रमण गरी बसेका संघ-संस्था र संगठनलाई ४ वैशाखमा ३५ दिने सूचना जारी गरेको थियो । सोही सूचनाका आधारमा १७ वटा संघ–संस्थालाई जग्गा खाली गर्न पत्राचार गरेको हो ।
‘३५ दिने सार्वजनिक सूचना जारी भइसकेको छ । १७ वटा संघ, संस्था र संगठनलाई पत्र काटेका छौँ,’ सामान्य प्रशासन महाशाखा प्रमुख राजबहादुर राईले भने ।
त्रिविको २ हजारभन्दा बढी रोपनी जग्गामा निजीदेखि धार्मिकसम्मका संघ–संस्थाले प्रयोग गरेको पाइएको छ । त्रिविको ‘जग्गा तथा अचल सम्पत्ति छानबिन समितिको प्रतिवेदनको आधारमा त्रिविले जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु गरेको हो ।
त्रिविको स्वामित्वमा रहेको कीर्तिपुरमा मात्रै करिब १ हजार ५ सय रोपनी जमिन भोगचलनका हिसाबले विभिन्न संस्थाको मातहतमा गइसकेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया 4