+
+
Shares

‘रोल नं. १’ को टिजर : गरिब परिवारको शैक्षिक बाध्यताको कथा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते १९:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विनोद पौडेलले निर्माण गरेको फिल्म 'रोल नं १' को टिजर युट्युबमा सार्वजनिक भएको छ।
  • फिल्मले सरकारी छात्रवृत्तिको नियमले गरिब बालबालिका पढाइबाट बञ्चित हुने यथार्थलाई चित्रण गरेको छ।
  • 'रोल नं १' जेठ १५ गते गणतन्त्र दिवसबाट प्रदर्शन हुँदैछ र यसमा मुकुन भुसाल लगायत मुख्य भूमिका छन्।

काठमाडौं । विनोद पौडेलले निर्माण गरेको फिल्म ‘रोल नं १’ को टिजर युट्युबमा सार्वजनिक भएको छ । मौसमजस्तै छिनमै खोसिने आममान्छेको सपना र भरोसाको कथा टिजरमा चित्रण छ ।

पढ्नका लागि छात्रवृत्तिकै भर पर्नुपर्ने बाध्यता र त्यो छिनिँदाको दुःखलाई ट्रेलरले मार्मिक ढंगले समेटेको छ । समाजमा इज्जतका लागि पनि पढाइमा अब्बल हुनै पर्ने बाध्यताको कसीभित्र रहेको समाज कसरी सरकारी छात्रवृत्तिबाट बञ्चित भइरहेको छ भन्ने यथार्थ समेटिएको छ ।

छात्रवृत्ति पाउन कक्षामा प्रथम हुनै पर्ने सरकारी नियमले कसरी गरिब परिवारका बालबालिका पढाइबाट बञ्चित भैरहेका छन् भन्ने यथार्थलाई टिजरले देखाउने प्रयास गरेको छ ।

‘पूर्णबहादुरको सारङ्गी’ फेम्ड निर्माता पौडेलका यो फिल्मले विद्यार्थीको मनोविज्ञानको कथा भन्नेछ । अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा समेटिएको छ ।

‘रोल नं १’ जेठ १५ गते (गणतन्त्र दिवस) बाट प्रदर्शन हुँदैछ ।

जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छ । बालकलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्मको सह-निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । पटकथा महेश दवाडीले लेखेका हुन् ।

हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगमा छायांकन गरिएको फिल्मको छायांकन शिवराम श्रेष्ठले गरेका हुन् । प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको ध्वनि, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन प्रमुख मनोज जोशी छन् । सम्पादकमा मदन घिमिरे छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?