News Summary
Generated by OK AI. Editorially reviewed.- लामो समय बन्द रहेको जयनेपाल फिल्म हल शुक्रबारदेखि पुनः संचालनमा आएको छ।
- हलमा दर्शकले टिकट काटेर नेपाली फिल्म र बलिउड फिल्म हेर्न सक्नेछन्।
- हलमा कुल ३०६ सिट छन् र टिकट मूल्य ३५० देखि ८०० रुपैयाँसम्म तोकिएको छ।
काठमाडौं । लामो समय बन्द रहेको जयनेपाल फिल्म हल शुक्रबारदेखि पुनः संचालनमा आएको छ । पुनःनिर्माण गर्दै सञ्चालनमा ल्याइएको हलमा दर्शकले आजैदेखि टिकट काटेर फिल्म हेर्न सक्नेछन् ।
शुक्रबार बिहान नेपाली फिल्मका ट्रेलर लगायत प्रदर्शन गरेर फिल्म संचालनमा ल्याइएको हो । सो अवसरमा शुभसाइत पूजा समेत गरियो । नीर शाहसहितका नेपाली फिल्मकर्मी सो अवसरमा सहभागी थिए ।
संचालकमध्येका गोपाल कायस्थले दर्शकले टिकट काटेर शुक्रबारदेखि फिल्म हेर्न सक्ने बताए । नेपाली फिल्म ‘लालीबजार’ प्रदर्शन गरेर हल संचालनमा ल्याउने तयारी गरिएपछि अदालतको आदेशले फिल्म रोकिएपछि शुक्रबार बेलुका बलिउडको ‘राजा शिवाजी’ रिलिज गरिनेछ ।

यसअघि क्यूएफएक्सको माउ कम्पनी क्वेस्ट इन्टरटेनमेन्टले सुरुदेखि नै हल संचालनमा ल्याएको थियो । क्वेस्ट त्यहाँबाट बाहिरिएपछि लामो समय हल बन्द रह्यो । पुनःनिर्माणसहित बज इन्टरटेनमेन्टले हल पुनःसंचालनमा ल्याएको हो ।
संचालक कायस्थका अनुसार, हलमा कुल ३०६ वटा सिट छन् । सुतेर हेर्ने दर्शकलाई ८०० रुपैयाँ, बालकोनीमा ५०० र सामान्य सिटको लागि ३५० रुपैयाँ शुल्क तोकिएको छ । यो हलका संचालकमा बज इन्टरटेनमेन्टका रुपेश श्रेष्ठ र उत्सव शाही पनि छन् ।
जय नेपाल चित्रघर नेपाली फिल्मको विरासत बोकेको हल समेत हो ।

प्रतिक्रिया 4