+
+
Shares

इरानले भन्यो- अमेरिकासँगको वार्तामा पाकिस्तान नै आधिकारिक मध्यस्थकर्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १८ गते १४:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानले अमेरिकासँगको वार्तामा पाकिस्तानलाई आधिकारिक मध्यस्थकर्ता भएको बताएको छ।
  • इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले पाकिस्तान वार्तामा आधिकारिक मध्यस्थकर्ता भएको स्पष्ट पारेका छन्।
  • इरानी विदेशमन्त्री अब्बास अराघचीको रुस भ्रमणपछि रुसले पनि मध्यस्थकर्ताको भूमिका खेल्न सक्ने चर्चा छ।

अमेरिकासँगको वार्तामा पाकिस्तान नै आधिकारिक मध्यस्थकर्ता भएको इरानले बताएको छ ।

बीबीसी न्यूज फारसीका अनुसार इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले इरान र अमेरिकाबीचको वार्तामा पाकिस्तान आधिकारिक मध्यस्थकर्ता भएको बताएका हुन् ।

उनले भने, ‘धेरै देशहरू यस सम्बन्धमा सहयोग गर्न तयार छन्, तर पाकिस्तान वार्तामा आधिकारिक मध्यस्थकर्ता हो।’

‘यदि वार्ता गर्ने निर्णय भयो भने, हामी पारदर्शी रूपमा सबै कुरा घोषणा गर्नेछौं,’ बकाईले एक टेलिभिजन अन्तर्वार्तामा भनेका छन् ।

बकाईले इरानी विदेशमन्त्री अब्बास अराघचीको हालैको रूस भ्रमण र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटको पनि उल्लेख गरेका छन् ।

उनले भने, ‘रणनीतिक साझेदारी अन्तर्गत, इरान र रुसबीच राजनीतिक, सुरक्षा र आर्थिक क्षेत्रमा व्यापक सहयोग छ र वर्तमान अवस्थामा, इरानले विभिन्न देशहरूसँग वार्ता गर्न र आफ्नो अडान स्पष्ट पार्ने प्रयास गरिरहेको छ।’

इरानी विदेश मन्त्रालयका प्रवक्ताले रुस र चीनसँगको कूटनीतिक सहयोगका कारण इरान संयुक्त राष्ट्र सुरक्षा परिषद्मा ‘क्षेत्रका केही देशहरूको दुर्भावनापूर्ण कार्यहरू’ लाई सम्बोधन गर्न सफल भएको पनि बताए।

अब्बास अराघचीको रुस भ्रमणपछि रुसले इरान र अमेरिकाबीच मध्यस्थकर्ताको भूमिका खेल्न सक्ने चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?