+
+
Shares

पोखराको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा पूर्वराजा शाहको परिवार

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १८ गते २०:४७

१८ वैशाख, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार यतिबेला पोखरामा छ । पूर्व रानी कोमल राज्यलक्ष्मी देवी शाह परिवारसहित शुक्रबार पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रबार देखिए ।

उनीहरू ‘छु मी’ रेस्टुरेन्टमा भोजन गर्न पुगेका थिए ।

उनीहरूको आगमनले एक विशिष्ट र गरिमामय वातावरण सिर्जना भएको होटलले बताएको छ ।

‘शुक्रबार अपराह्न हाम्रो लागि विशेष बन्यो, जहाँ हामीले पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व रानी कोमल राज्य लक्ष्मी देवी शाह तथा शाही परिवारलाई आत्मीय भोजन अनुभव प्रदान गर्ने अवसर पायौं,’ होटलले भनेको छ ।

भोजनपछि पूर्व राजा शाहले रेस्टुरेन्टको आतिथ्यता, सेवा तथा वातावरणप्रति सन्तुष्टि व्यक्त गरेका थिए ।

उनले पोखराको आतिथ्य संस्कृतिलाई प्रशंसा गर्दै यस्तो स्तरका सेवाले पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्‍याउन सहयोग पुग्ने संकेत गरेका होटलका एक कर्मचारीले बताए ।

अंशुवरा ग्रुपको लगानी रहेको ३१ पार्क होटल परिसरमा अवस्थित ‘छु मी चाइनीज रेस्टुरेन्ट’ पोखरामा गुणस्तरीय चिनियाँ खानाका लागि परिचित छ ।

स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार यस्ता उच्चस्तरीय भ्रमण र सकारात्मक प्रतिक्रियाहरूले पोखराको छवि अझ सुदृढ बनाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?