News Summary
Generated by OK AI. Editorially reviewed.- संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले सरकारले पदाधिकारी हटाउनेगरी अध्यादेश सिफारिस गरेपछि १९ वैशाखमा राजीनामा दिएका छन्।
- त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा दिपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले १७ वैशाखमा राजीनामा दिएका थिए।
- सरकारले अध्यादेश ल्याउन लागेपछि पदाधिकारीहरूले धमाधम राजीनामा दिएका छन् र राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश अध्ययन गरिरहेका छन्।
१९ वैशाख, काठमाडौं । संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले पनि राजीनामा दिएका छन् । सरकारले विश्वविद्यालयका पदाधिकारी हटाउनेगरी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि उपकुलपतिहरूले धमाधम राजीनामा दिन थालेका हुन् ।
उनले शुक्रबार राजीनामा दिएका हुन् । ‘हिजो राजीनामा दिएको छु । २२ गतेबाट लागू हुनेगरी दिएको हो । बीचमा २ दिन बिदा परेको छ । २१ गते विश्वविद्यालयमा बिदाइ कार्यक्रम हुन्छ,’ उनले भने ।
२०८१ पुस ७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई उपकुलपतिमा नियुक्त गरेका थिए ।
यसअघि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिएका थिए । १७ वैशाखमा त्रिविका उपकुलपति प्राडा दिपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा दिएका हुन् ।
तर दुई तिहाइ नजिकको मत ल्याएको रास्वपाले राजनीतिक नियुक्ति लिएकालाई मार्गप्रशस्त गर्न भनेको थियो । तर सरकारले अध्यादेश नै ल्याउन लागेपछि धमाधम राजीनामा दिएका छन् । सरकारले सिफारिस गरेको अध्यादेशमाथि राष्ट्रपति पौडेलले अध्ययन गरिरहेका छन् ।
प्रतिक्रिया 4