News Summary
Generated by OK AI. Editorially reviewed.- घनश्याम लामिछानेले सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा कथानक फिल्म 'तिमी मेरो म तिम्रो' निर्देशन गर्ने भएका छन्।
- फिल्म प्रेमकथामा आधारित हुनेछ र भुवन केसी, अर्जुनजंग शाही, जितु नेपाल लगायतले अभिनय गर्नेछन्।
- आस्प इन्टरटेनमेन्ट अस्ट्रेलियाको लगानी रहेको फिल्मको छायांकन चाँडै सुरु हुने जानकारी दिइयो।
काठमाडौं । घनश्याम लामिछानेले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा कथानक फिल्म ‘तिमी मेरो म तिम्रो’ बन्ने भएको हो ।
आयोजित पत्रकार सम्मेलनमा उक्त फिल्म बन्ने जानकारी दिइयो । प्रेमकथामा फिल्म आधारित हुने जानकारी लामिछानेले दिए ।
प्रेमकथामा आधारित फिल्म बन्ने संख्या न्यून रहेका बेला धेरै दर्शकले रुचाउने फिल्म निर्माण गर्न लागिएको उनले बताए ।
शीर्ष भूमिकामा भुवन केसी, अर्जुनजंग शाही, जितु नेपाल, सन्तोष अधिकारी, रिहान गिरी, प्रतिमा थापाको अभिनय हुनेछ । युग भुसालले संगीत निर्देशन गर्नेछन् ।

आस्प इन्टरटेनमेन्ट अस्ट्रेलियाको लगानी रहने फिल्मको सहायक निर्मातामा राज श्रेष्ठ र आशिस थापामगर छन् । कार्यकारी निर्मातामा सन्तोष अधिकारी छन् । लाइन प्रोडुसरमा तेजविक्रम केसी हुनेछन् ।
नरेन्द्र मैनालीको छायांकन रहने फिल्मको पटकथा मनीष गौतमले लेखेका छन् । छायांकन चाँडै सुरु हुने जानकारी सो अवसरमा दिइयो ।


प्रतिक्रिया 4