News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता दयाहाङ राईले खोला, नदी किनारका सुकुमवासी बस्तीमा डोजर लगाउने सरकारी कार्यप्रति घुमाउरो ढंगले असहमति व्यक्त गरेका छन्।
- दयाहाङ राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जस्तो कि ... यहाँ, सम्पति त लुकाउन सकिने रहेछ । गरिबी पो लुकाउन सकिँदो रहेनछ !!’
- दयाहाङ राईले केही दिनअघि मिडिया अन्तर्वार्तामा सरकारले संवेदना गुमाएको आशयसहित धारणा राखेका थिए।
काठमाडौं । अभिनेता दयाहाङ राईले खोला, नदी किनारका सुकुमवासी बस्तीमा डोजर लगाउने सरकारी कार्यप्रति घुमाउरो ढंगले असहमति व्यक्त गरेका छन् ।
सामाजिक र राष्ट्रिय राजनीतिका मुद्दामा मौनप्रायः देखिने अभिनेता राईले यो घटनाक्रममा धारणा राखेका हुन् ।
सामाजिक सञ्जालमा राई लेख्छन्, ‘ जस्तो कि … यहाँ , सम्पति त लुकाउन सकिने रहेछ । गरिबी पो लुकाउन सकिँदो रहेनछ !!’ दयाहाङको यो अभिव्यक्ति अर्थपूर्ण देखिन्छ ।
उनको यो धारणालाई लिएर तीव्र प्रतिक्रिया व्यक्त भैरहेका छन् । केही दिनअघि एक मिडिया अन्तर्वार्तामा पनि राईले सरकारले संवेदना गुमाएको आशयसहित धारणा राखेका थिए ।
कामको कुरा गर्दा, दयाहाङ अभिनित फिल्म ‘मितज्यू’ प्रदर्शन तयारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4