News Summary
Generated by OK AI. Editorially reviewed.- कान्तिलोकपथअन्तर्गत भीमफेदी गाउँपालिका—८ भरेङडाँडामा गएको पहिरो हटाएर यातायात सेवा पुनः सञ्चालन गरिएको छ।
- जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुस्कर बोगटीले मकवानपुरस्थित त्रिभुवन राजपथ र पूर्वपश्चिम राजमार्गमा दैनिक सबै प्रकारका यातायात सेवा सञ्चालन भइरहेको बताए।
- हेटौँडाबाट वीरगञ्ज, चितवनको नारायणगढ र भीमफेदीबाट हेटौँडातर्फ पनि यातायात सेवा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
२१ वैशाख, मकवानपुर । हेटौंडा—काठमाडौं जोड्ने कान्तिलोकपथअन्तर्गत भीमफेदी गाउँपालिका— ८ भरेङडाँडामा गएराति गएको पहिरो हटाएर यातायात सञ्चालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयले जनाएअनुसार आज अपराह्नदेखि दुवैतर्फको यातायात सेवा सञ्चालनमा ल्याइएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले मकवानपुरस्थित त्रिभुवन राजपथ, पूर्वपश्चिम महेन्द्र राजमार्ग र भीमफेदी कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सडकमा हाल दैनिक सबै प्रकारका यातायात सेवा सञ्चालन भइरहेको बताए ।
यसैगरी, हेटौँडाबाट वीरगञ्ज, चितवनको नारायणगढ र भीमफेदीबाट हेटौँडातर्फ पनि यातायात सेवा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4