+
+
Shares

‘गरिबलाई बाँच्न दे’ भन्दै बुटवलमा सरकारविरुद्ध प्रदर्शन (तस्वीरहरू)

उनीहरूले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै आइतबार दिउँसो प्रदर्शन गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २० गते १७:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुपन्देहीको बुटवलमा भूमिहीन र अव्यवस्थित बसोबासीहरूले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै प्रदर्शन गरेका छन्।
  • उनीहरूले 'डोजर आतंक बन्द गर' र 'गरिबलाई बाँच्न दे' लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
  • भूमि समस्या समाधान आयोग रुपन्देहीका अनुसार करिब ८० हजार परिवार भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी छन्।

२० वैशाख, बुटवल । रुपन्देहीको बुटवलमा भूमिहीन र अव्यवस्थित बसोबासीहरूले सरकारको विरोधमा प्रदर्शन गरेका छन् ।

उनीहरूले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै आइतबार दिउँसो प्रदर्शन गरेका हुन् ।

जबरजस्ती हटाउने अभियान बन्द गर, सुकुमवासी हुनु रहर होइन, बाध्यता हो, अव्यवस्थित यो देशको नागरिक होइन र ?, गरिबलाई बाँच्न दे, डोजर होइन समाधान दे, डोजर आतंक पाराले दुःख पाए साराले, गाँस-बास-कपासको सुनिश्चित गर, डोजर आतंक बन्द गर, बालेन सरकार राजीनामा दे लगायतका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

डोजर आतंक बन्द गर, अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर लेखेको ब्यानर बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनपछि उनीहरूले पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन् ।

रुपन्देहीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी समेत गरी करिब ८० हजार परिवार रहेको भूमि समस्या समाधान आयोग रुपन्देहीको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?