+
+
Shares

नेपाल दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा

उनले सोमबार सभापति गगनकुमार थापासमक्ष राजीनामा बुझाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १५:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले पारिवारिक र शारिरिक समस्याका कारण पदबाट राजीनामा दिएका छन्।
  • अध्यक्ष विश्वकर्माले सोमबार सभापति गगनकुमार थापासमक्ष राजीनामा बुझाएका हुन्।
  • निवर्तमान सभापति शेरबहादुर देउवाले १३ असोज २०८० मा विश्वकर्मालाई दलित संघको अध्यक्ष नियुक्त गरेका थिए।

२१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले राजीनामा दिएका छन् ।

उनले सोमबार सभापति गगनकुमार थापासमक्ष राजीनामा बुझाएका हुन् । अध्यक्ष विश्वकर्माले आफ्नो पारिवारिक र शारिरिक समस्याका कारण पदमा रहेर जिम्मेवारी पूरा गर्न असमर्थ रहेकाले राजीनामा दिनुपरेको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

निवर्तमान सभापति शेरबहादुर देउवाले उनले १३ असोज २०८०मा दलित संघको केन्द्रीय अध्यक्षमा नियुक्त गरेका थिए ।

केही दिन अघि नेपाल तरूण दलका अध्यक्ष विद्धान गुरुङले पनि सभापति थापासमक्ष राजीनामा बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?