News Summary
Generated by OK AI. Editorially reviewed.- बीपी राजमार्गको रोशी खोलामा ४ वटा माइक्रोबस फसेका छन् र उद्धार कार्य जारी छ।
- जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले खोला बढ्दै गएको र अँध्यारोले उद्धारमा कठिनाइ भएको जानकारी दिए।
- सशस्त्र प्रहरी बल १५ नम्बर गणका सुरक्षाकर्मीले श्रीखण्डपुरमा डुबानमा फसेको बसबाट ३५ जना विद्यार्थी उद्धार गरेका छन्।
२१ वैशाख, काभ्रेपलाञ्चोक । बीपी राजमार्गको रोशी खोलामा ४ वटा माइक्रोबस फसेका छन् ।
रोशी-७ लास्कोट र घुमाउने बीचमा फसेका ४ वटा माइक्रोबसका यात्रुलाई उद्धार थलिएको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।
उनका अनुसार खोला बढ्दै गएको र अँध्यारोको कारण उद्धारमा कठिनाइ भएको छ । ४ वटा माइक्रोबसमा कति यात्रु छन् यकिन नभएको प्रहरीले जनाएको छ ।
अहिले डोरीको सहायतामा नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख शाह, सशस्त्र प्रहरी १५ नम्बर गणका प्रमुख एसपी माधव रेग्मी, नेपाली सेना लगायतको टोली घटनास्थल पुगेका छन् ।
आज साँझ बनेपा, पनौती, धुलिखेल लगायत स्थानमा परेको वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध छ ।
काभ्रेपलाञ्चोकका विभिन्न क्षेत्रमा अत्यधिक वर्षापछि श्रीखण्डपुरमा डुबानमा फसेको बसबाट विद्यार्थीहरूको उद्धार गरिएको छ ।
उक्त बस सशस्त्र प्रहरी बल १५ नम्बर गणका सुरक्षाकर्मीले ३५ जना विद्यार्थीको उद्धार गरेका हुन्।
प्रतिक्रिया 4