News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल वायुसेवा निगम सञ्चालक समितिका ५ सदस्य पदका लागि २७ जनाले आवेदन दिएका छन्।
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २७ जनाको नाम सार्वजनिक गरेको छ।
- सरकारले १९ वैशाखमा पदमुक्ति सम्बन्धी अध्यादेश जारी गरेपछि सञ्चालक सदस्य संख्या ५ कायम भएको मन्त्रालयले बताएको छ।
२१ वैशाख, काठमाडौं । नेपाल वायुसेवा निगम सञ्चालक समितिका ५ सदस्य पदका लागि मागिएको आवेदनमा २७ जनाले आकांक्षा देखाएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २७ जनाको नाम सार्वजनिक गरेको छ । जसमा डा. दीपकप्रसाद बास्तोला, लिलाराज ढकाल, गौतम पाण्डे, वेदप्रसाद उप्रेती, श्रीराम गौतम, भगिरथप्रताप सिंह, चीरञ्जीवी उपाध्याय, मनोजकुमार श्रेष्ठ, महेश्वरभक्त श्रेष्ठ, शम्शेर पराजुली, बलराम पौडेल, अमृतमान श्रेष्ठ, परमेश्वर दहाल र उपेन्द्रबहादुर कार्कीले आवेदन दिएका छन् ।
यसैगरी विष्णुबाबु मिश्र, रुपा लामिछाने, मदनकुमार बराल, योगराज कँडेल, अच्युतराज पहाडी, बिन्दु पन्थी, प्रविन भट्टराई, मनोज भारती, मिरा पाण्डेको समेत आवेदन परेको मन्त्रालयले जनाएको छ । यसैगरी मोहनीलाल खनाल, ऋषिराम पण्डित, डा. भीमबहादुर चन्द्र र राजुबहादुर केसीले समेत आवेदन दिएको मन्त्रालयले जनाएको छ ।
१२ वैशाखमा ४ जना सञ्चालक सदस्यका लागि आवेदन माग गरिएको थियो । तर, सरकारले १९ वैशाखमा सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश जारी गरेपछि थप एक जना सञ्चालक समेत स्वत: पदमुक्त भएका थिए । मन्त्रालयले सोही विज्ञापन कायम गरी नियुक्त गर्नुपर्ने सञ्चालक समिति सदस्य संख्या ५ कायम भएको बताएको थियो ।

प्रतिक्रिया 4