+
+
Shares

गुल्मीमा राति ९ बजेपछि मदिरा बिक्री र सेवन गर्न रोक

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते ७:१४

२२ वैशाख, गुल्मी । गुल्मी जिल्लामा राति ९ बजेपछि मदिराजन्य पदार्थ बिक्री–वितरण तथा सेवनमा रोक लगाइएको छ ।

जिल्ला सुरक्षा समितिको वैशाख २१ गतेको बैठकले जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई गर्न यस्तो निर्णय गरेको हो ।

प्रशासनका अनुसार पछिल्ला वर्षमा भएका अधिकांश आपराधिक घटना मदिरा सेवनसँग जोडिएको विश्लेषण भएपछि स्थानीय तह तथा सरोकारवालाको अनुरोधका आधारमा राति ९ बजेपछि मदिरा बिक्री र सेवनमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारीबाट जारी सूचनामा न्यून गुणस्तरका मदिरा बिक्री–वितरण नगर्न समेत व्यवसायीलाई अनुरोध गरिएको छ ।

प्रशासनले निर्णय अवज्ञा गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?