+
+
Shares
फेसन :

मेट गाला २०२६ : सेलिब्रेटी जो अनौठो फेसनले मिडियामा छाए (तस्वीर)

विश्व फेसन कता जाँदैछ भन्ने स्पष्ट संकेत मेट गालाले दिन्छ । त्यस्तै, दृश्य आज बिहान न्यूयोर्कमा देखियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते १२:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यसवर्षको मेट गाला फेसन र कलाको सुन्दर संगमसहित न्यूयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा भव्य रूपमा सम्पन्न भएको छ।
  • बियोन्सेले १० वर्षपछि फ्रान्सेली डिजाइनर ओलिभर रुस्टिङको कंकाल आकृतियुक्त पहिरनमा सहभागी भएकी थिइन्।
  • मोडल आरियाना रोज फिलिपले व्हीलचेयर प्रयोग गर्ने पहिलो व्यक्तिका रूपमा कार्यक्रममा सहभागिता जनाएकी थिइन्।

न्यूयोर्क । फेसनको महाकुम्भ मानिने यसवर्षको ‘मेट गाला’ भव्य रूपमा सम्पन्न भएको छ । सहभागीले ‘वेषभूषा कला’ थिमअनुसार सिर्जनात्मक र प्रयोगात्मक पहिरन प्रस्तुत गरेका छन् । न्यूयोर्कस्थित ‘मेट्रोपोलिटन म्युजियम अफ आर्ट’को लागि रकम संकलन गर्ने उद्देश्यले आयोजना हुने यो कार्यक्रममा फेसन र कलाको सुन्दर संगम देखियो ।

कार्यक्रमको सुरुवात ब्रडवे कलाकार जोसुआ हेनरीले सांगीतिक प्रस्तुति दिँदै गरेका थिए भने सह-अध्यक्षमा बियोन्से, निकोल किडम्यान, भेनस विलियम्स, अन्ना विन्टोर रहेका थिए ।

यसवर्ष सबैभन्दा बढी चर्चा बटुल्नेमा बियोन्से रहिन् । उनले १० वर्षपछि पुनः कार्यक्रममा सहभागिता जनाउँदै फ्रान्सेली डिजाइनर ओलिभर रुस्टिङको डिजाइनमा तयार गरिएको कंकाल आकृतियुक्त पहिरन र प्वाँखयुक्त ओढनी लगाएकी थिइन् । उनी पति जे-जेड र छोरी ब्लु आइभीसँग कार्पेटमा देखिएकी थिइन् ।

त्यस्तै, गायिका रिहाना ढिलो आइन् तर उनको गहना जडित पहिरनले सबैको ध्यान खिच्यो । उनका सहयात्री असाप रक्की पनि आकर्षक रूपमा प्रस्तुत भए । अभिनेत्री निकोल किडम्यान रातो पहिरनमा देखिइन् भने टेनिस खेलाडी भेनस विलियम्स कालो चम्किलो पहिरनमा प्रस्तुत भइन् । उनकी बहिनी सेरेना विलियम्स चाँदी रङको पहिरनमा देखिएकी थिइन् ।

मोडल हेइडी क्लम र गायक ब्याड बन्नी भने थिमअनुसार पर्फेक्ट देखिए, जसका कारण उनीहरूलाई चिन्नै कठिन भएको थियो । अभिनेत्री एन्जेला बासेटले चित्रकलाबाट प्रेरित गुलाबी पहिरन लगाएकी थिइन् ।

यस वर्ष मोडल तथा अधिकारकर्मी आरियाना रोज फिलिपको सहभागिता पनि विशेष रह्यो । उनी व्हीलचेयर प्रयोग गर्ने व्यक्तिका रूपमा पहिलोपटक कार्यक्रममा सहभागी भएकी हुन् । भारतीय डिजाइनर मनीष मलहोत्राका पहिरनहरू पनि चर्चामा रहे भने बलिउड निर्देशक करण जोहरले पनि सोही डिजाइनको पहिरनमा आफूलाई प्रस्तुत गरेका थिए ।

अन्य झलकमा डोजा क्याटको सिलिकोनबाट बनेको ग्रीक शैलीको पहिरन, केटी पेरीको ऐनाजस्तो मुखौटा, किम कार्दशियनको वीर पात्रजस्तो प्रस्तुति र काइली जेनरको अनौठो बनावटको पहिरन समावेश छन् । अभिनेत्री सारा पाउलसनले कागजी नोटबाट बनेको मुखौटा लगाएर प्रतीकात्मक सन्देश दिन खोजेकी थिइन् ।

समग्रमा, यस वर्षको मेट गालामा फेसनसँगै कला, कल्पना र व्यक्तिगत अभिव्यक्तिको प्रभावशाली प्रस्तुति देखिएको छ, जसले कार्यक्रमलाई पुनः विश्वव्यापी चर्चा दिलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?