News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच पार्टीको आधिकारिकतासम्बन्धी विवादपछि पहिलोपटक भेटवार्ता भएको छ।
- थापा र कोइरालाबीच विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा एक घण्टा छलफल भएको छ।
- सभापति थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पनि छलफल गर्ने तय भएको छ।
२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच छलफल भएको छ । पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतबाट निरूपण भएपछि पहिलोपटक दुई नेताबीच भेटवार्ता भएको हो ।
उनीहरूबीच विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा एक घण्टा छलफल भएको बताइएको छ । कोइरालाको सचिवालयले भेटवार्ताको पुष्टि गरे पनि छलफलको विषय खुलेको छैन ।
सभापति थापाले मंगलबार नै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग छलफल गर्ने तय भएको छ ।कांग्रेसका एक पदाधिकारीका अनुसार सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले नेता खड्कासँग छलफल गर्ने छन् ।
यसअघि सभापति थापाले ६ वैशाखमा निवर्तमान सभापति खड्कासँग भेटवार्ता गरेका थिए । ४ वैशाखमा सर्वोच्च अदालतले पार्टीको आधिकारिकता दाबी गर्दै खड्काले दायर गरेको रिट खारेज गरेको थियो ।
प्रतिक्रिया 4