+
+
Shares

चार दिनपछि सेयर बजारमा सुधार

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते १५:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजारमा मंगलबार नेप्से परिसूचक ८.७८ अंकले बढेर २७१२ अंकमा पुगेको छ।
  • कारोबार रकम घटेर ३ अर्ब ४३ करोडमा सीमित भएको छ र १६२ कम्पनीको मूल्य बढेको छ।
  • माथिल्लो लोहोरेखोला हाइड्रोपावरको मूल्य ११.१६ प्रतिशतले सबैभन्दा धेरै बढेको छ।

२२ वैशाख, काठमाडौं । विगत ४ दिन लगातार घटेको सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ ।

आज बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ८.७८ अंक बढेको हो । सो वृद्धिसँगै नेप्से परिसूचक २७१२ अंकमा कायम भएको छ । अघिल्लो दिन बजार ३४ अंक घटेको थियो । कारोबारका क्रममा दिउँसो १२ : ४० बजे नेप्से २७२५ अंकसम्म पुगे पनि टिक्न सकेन । २७२५ नै दिनभरको लागि अधिकतम अंक रह्यो ।

कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब २६ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४३ करोडमा खुम्चियो । १६२ कम्पनीको मूल्य बढ्दा ९० को घट्यो भने १६ को स्थिर रह्यो ।

आज हाइड्रोपावर समूह सबैभन्दा धेरै १.०२ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.४३, लगानी ०.१८, जीवन बीमा ०.१०, उत्पादन तथा प्रशोधन ०.६३ र अन्य समूह ०.०८ प्रतिशत बढे । विकास बैंक ०.०४, फाइनान्स ०.१२, होटल तथा पर्यटन ०.०६, माइक्रोफाइनान्स ०.२१, निर्जीवन बीमा ०.१२ र व्यापार समूह ०.२९ प्रतिशत घटे ।

माथिल्लो लोहोरेखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरे ११.१६ प्रतिशत बढ्यो । त्यस्तै सोलु हाइड्रोपावरको ७.५६, धौलागिरि लघुवित्तको ७.०४ तथा झापा इनर्जीको ४.८० प्रतिशत मूल्य बढ्यो । फर्वाड माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ९.३१ प्रतिशत घट्यो । सुपरखुदी हाइड्रोपावरको ३.१३ तथा रावा इनर्जीको ३ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी र पाल्पा सिमेन्ट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?