+
+
Shares

बीपी राजमार्गको खुर्कोट-भकुन्डेबेसी सडकमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते १५:२२
रोशी खोलामा आएको बाढीमा फसेका यात्रुको उद्धार गर्दै सुरक्षाकर्मीको टोली ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बीपी राजमार्ग अन्तर्गतको खुर्कोट-भकुन्डेबेसी सडकखण्ड साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ।
  • जिल्ला प्रशासन कार्यालय काभ्रेले उक्त समयमा सवारी आवागमनमा पूर्णरूपमा रोक लगाइएको सूचना जारी गरेको छ।
  • वर्षा, बाढी र मौसमको अवस्था अनुसार आवश्यक परे अल्पकालीन अवधिका लागि पनि सडक आवागमनमा रोक लगाउन सकिने प्रशासनले उल्लेख गरेको छ।

२२ वैशाख, काठमाडौं । बीपी राजमार्ग अन्तर्गतको खुर्कोट-भकुन्डेबेसी सडकखण्ड साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन चलाउन रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले मंगलबार सूचना जारी गर्दै उक्त समयमा सवारी आवागमनमा पूर्णरूपमा रोक लगाइएको जनाएको छ ।

उक्त अवधिक पश्चात पनि वर्षा, रोशीखोलामा आउन सक्ने बाढी र मौसमको अवस्था मध्यनजर गरी आवश्यकताका आधारमा सडक आवागमनमा जुनसुकै बेला अलपकालीन अवधिका लागि रोक लगाउन सकिने  प्रशासनले जारी गरेको विज्ञप्तमा उल्लेख छ ।

बीपी राजमार्गको कटुन्जेबेसी (काभ्रे)-नेपालथोक (सिन्धुली) सडकखण्डमा यात्रा गर्नुपूर्व सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ ।

सोमबार राति रोशी खोलामा एक्कासी बाढी आउँदा बीच खोलामा माइक्रो बसमा सवार ८९ जना यात्रुहरू फसेका थिए । ती सवारी साधन र यात्रीहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?