+
+
Shares

२८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते १५:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले वैशाख २८ गते दिउँसो २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ।
  • मन्त्रिपरिषद् बैठकले संसद्को बैठक आह्वान गर्ने सिफारिस राष्ट्रपतिसमक्ष गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए।

२३ वैशाख, काठमाडौं । सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार, यही वैशाख २८ गते दिउँसो २ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस भएको हो ।

यसअघि मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले १७ वैशाख दिउँसो २ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।

तर आह्वान भएकै भोलिपल्ट सरकारकै सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन स्थगित गरे ।

अधिवेशन स्थगित गरेर सरकारले विभिन्न ८ वटा अध्यादेशहरू जारी गरेको छ ।

सरकारले जारी गर्नका लागि पठाएकामध्ये संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएका थिए । उक्त अध्यादेश हिजो बसेको मन्त्रिपरिषद् बैठकबाट पुन: सिफारिसका लागि पठाइएको थियो ।

आजै राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गरिसकेका छन् । राष्ट्रपतिले अध्यादेश जारी गर्नासाथ मन्त्रिपरिषद् बैठक बसेर संसद् अधिवेशन आह्वान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?