+
+
Shares

संसद्को चालु अधिवेशन अन्त्य हुँदै, त्यसअघि राष्ट्रपतिले सम्बोधन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते ७:४०
राष्ट्रपति रामचन्द्र पौडेल । फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संघीय संसद्को दुवै सदनको चालु अधिवेशन चैत २७ गते मध्यरात १२ बजेदेखि अन्त्य हुन लागेको छ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसअनुसार दुवै सदनको अधिवेशन अन्त्य गर्ने निर्णय गरिसकेका छन्।
  • अधिवेशनको अन्तिम बैठकमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

२७ चैत, काठमाडौं । संघीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि अन्त्य हुने भएको छ । आज मध्यरात १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य हुन लागेको हो ।

चैत २४ गतेको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको अधिवेशन अन्त्य गर्ने निर्णय गरिसकेका छन् ।

चालु अधिवेशनको अन्तिम बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ ।

निर्वाचनपछिको संघीय संसद्को पहिलो बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने व्यवस्था छ ।

२१ फागुनको निर्वाचनपछि संसदको पहिलो बैठक चैत १९ गते बसेको थियो ।

चालु अधिवेशन अन्त्य भएपछि बजेट अधिवेशन सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?