+
+
Shares

डोल्पामा १० जेठदेखि यार्सागुम्बा संकलन गर्न पाइने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते १७:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोल्पामा आगामी १० जेठदेखि यार्सागुम्बा संकलनका लागि सबै यार्सापाटनहरू खुला गरिने निर्णय भएको छ।
  • यार्सा टिप्न तीन प्रकारका प्रवेश अनुमति पत्र लागू गरिनेछन्, जसमा शुल्क वर्ग 'क', 'ख' र 'ग' निर्धारण गरिएको छ।
  • सामुदायिक वन उपभोक्ता समितिको मागमा सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान र नेपाल प्रहरी परिचालन गरिने छ।

२२ वैशाख, डोल्पा । डोल्पामा यार्सागुम्बा संकलनका लागि आगामी १० जेठदेखि यार्सापाटनहरू खुला गरिने भएको छ ।

जिल्लाको सदरमुकाम दुनैमा मंगलबार बसेको सर्वपक्षीय सर्वदलीय बैठकले आगामी १० जेठदेखि जिल्लाका सबै पाटनहरू खुला गर्ने निर्णय गरेको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख विज्ञान सेनले जानकारी दिए ।

‘गत वर्षभन्दा यो पटक अलि ढिलो पाटनहरू खुल्ला गर्ने निर्णय भएको छ’, प्रमुख सेनले भने, ‘ आज बसेको बैठकमा एक महिनाका लागि पाटन खुल्ला गर्ने सर्वपक्षीय सहमति भएको छ ।’

उनका अनुसार यार्सागुम्बा संकलनका लागि शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज क्षेत्र र डिभिजन वनको क्षेत्रमा पर्ने सम्पूर्ण पाटन आम सर्वसाधारणका लागि खुल्ला गरिने छ ।

यार्सा टिप्न पाटन जानेहरूका लागि तीन प्रकारका प्रवेश अनुमति पत्रको व्यवस्था गरिएको छ । जसअनुसार निकुञ्ज भित्रका मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई पाँच सय ‘क वर्ग’ , डोल्पा जिल्लाभित्रका नागरिकलाई दुई हजार ‘ख’ वर्ग र जिल्ला बाहिरकालाई तीन हजार ‘ग’ वर्ग शुल्क निकुञ्जले निर्धारण गरेको छ ।

मध्यवर्ती क्षेत्र र जिल्ला भित्रका बासिन्दालाई प्रवेश शुल्कको लागि अनिवार्य परिचयपत्र देखाउनु पर्नेछ । ‘ग’ वर्गकालाई भने प्रवेश शुल्क लाग्ने छ । यार्सा संकलनका लागि ५,६,७ जेठमा सम्बन्धित पाटनका क्षेत्रमा शुल्क तिर्नु पर्नेछ ।

यार्सापाटनमा १६ वर्षभन्दा तलका बालबालिकालाई प्रवेशमा विशेष गरिने समेत निकुञ्जले जानकारी दिएको छ ।

आज बसेको बैठकले पाटनमा सामुदायिक वन उपभोक्ता समितिबाट माग भएमा सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान र नेपाल प्रहरी परिचालन गर्ने समेत निर्णय गरिएको प्रमुख सेनले बताए।

पाटन क्षेत्रको गस्तीका लागि निकुञ्ज कर्मचारी र सेना परिचालन भइसकेकाले तोकिएको मितिअगावै पाटन क्षेत्र पुग्नेलाई कारबाही गरिने छ । प्रत्येक वर्ष डोल्पाका उच्च हिमाली क्षेत्रमा रहेका पाटनमा हजारौं सर्वसाधारण यार्सा संकलनका लागि पुग्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?