+
+
Shares

अब पाल्पाबाटै चारपाङ्ग्रे सवारी लाइसेन्स जारी हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १६:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाल्पाको तानसेन यातायात व्यवस्था सेवा कार्यालयले पहिलोपटक हलुका चारपाङ्ग्रे सवारीसाधनको चालक अनुमतिपत्र वितरण सेवा सुरु गरेको छ।
  • यस सेवाले बुटवल, पोखरा र काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य गरेको छ र अनलाइन आवेदन फाराम मङ्गलबारदेखि खुला गरिएको छ।
  • कार्यालय प्रमुख टीकाराम न्यौपानेले छिट्टै लिखित परीक्षा गरी ट्रायल सुरु गर्ने जानकारी दिनुभएको छ।

२३ वैशाख, तानसेन (पाल्पा) । अबदेखि पाल्पाबाटै हलुका सवारीसाधन अनुमतिपत्र (लाइसेन्स) लिन सकिने भएको छ ।

मोटरसाइकल र स्कुटरको मात्र चालक अनुमतिपत्र जारी गर्दै आएको यातायात व्यवस्था सेवा कार्यालय तानसेन पाल्पाले पहिलोपटक हलुका सवारी चारपाङ्ग्रे साधनको सवारी चालक अनुमतिपत्र वितरण सेवा दिन थालेको हो ।

सो सेवा प्रवाह हुन थालेपछि उक्त कार्यका लागि बुटवल, पोखरा, काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य भएको छ ।

सेवा थप भएसँगै हलुका सवारीसाधन चारपाङ्ग्रे (कार, जिप, डेलिभरी भ्यान, टेम्पो, अटोरिक्सा, (ई–रिक्सा) र (र्ट्याक्टर)को अनुमतिपत्रका लागि अनलाइन आवेदन मागसमेत गरिएको कार्यालय प्रमुख टीकाराम न्यौपानेले जानकारी दिए ।

‘लाइसेन्सका लागि मङ्गलबारदेखि अनलाइन आवेदन फाराम खुला गरेका छौँ, छिट्टै लिखित परीक्षा लिइ ट्रायल (परीक्षण) लिन सुरु गर्नेछौँ,’ उनले भने ।

विसं २०७५ मा स्थापना भएको कार्यालयले ब्लुबुक नवीकरण, जाँचपास, नवीकरण तथा रुट परमिट, लाइसेन्स नवीकरण एवं दुईपाङ्ग्रेका लाइसेन्स वितरण सेवा दिँदै आएको छ ।

यातायात कार्यालयबाट छिटो लाइसेन्स प्राप्त हुन थालेपछि ट्राफिक नियम उल्लङ्घन गर्नेको सङ्ख्यामा कमी आउन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेन्द्र खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?