+
+
Shares

गोरखामा ट्रकको ठक्करबाट तीन बर्षीय बालकको मृत्यु

गोरखा नगरपालिका–८ फुलबारी पाठशाला नजिकै मिनि ट्रकको ठक्करबाट तीन बर्षीय बालकको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १९:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखा नगरपालिका–८ फुलबारी पाठशाला नजिकै मिनि ट्रकको ठक्करबाट तीन बर्षीय युहान गुरुङको मृत्यु भएको छ।
  • घटना बुधबार साँझ करिब ६ बजे घ्याम्पेशालबाट बिरेन्चोक जाँदै गरेको ग १ ख ७४४३ नम्बरको मिनि ट्रकले गरेको हो।
  • चालक हिराबहादुर कुमाल र ट्रक जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको जनाएको छ।

२३ वैशाख, गोरखा । गोरखा नगरपालिका–८ फुलबारी पाठशाला नजिकै मिनि ट्रकको ठक्करबाट तीन बर्षीय बालकको मृत्यु भएको छ । आरुघाट गाउँपालिका–१ धुन्चेत घरभई हाल गोरखा सदरमुकाम बस्ने युहान गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार साँझ करिब ६ बजे घ्याम्पेशालबाट बिरेन्चोक जाँदै गरेको ग १ ख ७४४३ नम्बरको मिनि ट्रकले गुरुङलाई ठक्कर दिएको हो । चालक गोनपा–११ का हिराबहादुर कुमाल र ट्रक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?