+
+
Shares

कृषकका लागि कृषि एम्बुलेन्स सुरुवात गरौं : रास्वपा सांसद खनाल

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते २१:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद केपी खनालले कृषि एम्बुलेन्स सुरु गर्नुपर्ने र यसले किसानको उब्जेको बालीलाई समयमै बजार पुर्‍याउन सहयोग गर्ने बताए।
  • खनालले कृषि एम्बुलेन्सलाई कृषिको आईसीयूमा रहेको अवस्था सुधार गर्ने अनिवार्य अक्सिजन भनेका छन् र आगामी आर्थिक वर्षमा यसको सुरुवात गर्नुपर्ने बताए।
  • उनले किसानले उत्पादन सडकमा फ्याँकिरहँदा उपभोक्ताले महँगोमा किन्ने अवस्था अन्त्य गर्न कृषि एम्बुलेन्स र माटो परीक्षण आवश्यक रहेको उल्लेख गरे।

२३ वैशाख, काठमाडौं । रास्वपा सांसद केपी खनालले कृषि एम्बुलेन्स सुरु गर्नुपर्ने बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको कृषि समितिको बैठकमा बोल्दै उनले मान्छे बिरामी हुँदा एम्बुलेन्स आउने गरेको जस्तै किसानको खेलमा उब्जेको बाली बिरामी हुँदा पनि एम्बुलेन्स आउनुपर्ने बताए ।

‘नेपाल पाल्ने गाडी चाहिँ करोडौंको हुने, तर देश पाल्ने कृषकले किसानलाई ५/७ लाख पर्ने कृषि एम्बुलेन्स प्रदान गर्न सकेनौं भने हामीले कृषिका ठूला कुरा गरेर के नै पाइन्छ ?,’ उनले भने ।

अहिले कम्तीमा अब आउने आर्थिक वर्षमा कुनै एक क्षेत्रमा मात्रै पनि यसको सुरुवात गर्नुपर्ने बताए ।

साथै, समितिले यो विषयमा गम्भीर भएर रिपोर्ट लैजाओस् भन्ने आफ्ना आग्रह रहेको बताए ।

त्यस्तै, माटो परीक्षण पनि गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

किसानले सडकमा आफ्ना उत्पादन फ्याँकिरहँदा उपभोक्ताले ५ गुणा महँगोमा किन्नुपरेको अवस्था अन्त्य गर्नेगरी काम हुनुपर्ने उनले बताए ।

‘यो बिचौलियाको सेटिङ तोड्न र किसानको पसिनालाई ’क्यास’  नगदमा बदल्न ’कृषि एम्बुलेन्स’ पनि आवश्यक देख्दछु तर यो हाम्रो कृषिको ‘आईसीयू’ (क्ष्ऋग्) मा रहेको अवस्था सुधार गर्ने अनिवार्य अक्सिजन हो,’ सांसद खनालले भने ।

नेपालमा उत्पादित फलफूल र तरकारीको करिब २० देखि ३५ प्रतिशत हिस्सा ढुवानी र उचित भण्डारणको अभावमा बजार नपुग्दै नष्ट हुने गरेकोतर्फ उनको ध्यान थियो ।

शीत भण्डार युक्त, डिजिटल ट्र्याकिङ, २४ घण्टाभित्र ढुवानी, न्यूनतम ढुवानी लगायतका विषयलाई ध्यान दिएर कृषि एम्बुलेन्सको सुरुवात गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?