२४ वैशाख, चितवन । चितवन राष्ट्रिय निकुञ्जको बरिष्ठ संरक्षण अधिकृतमा डिलबहादुर पुर्जा पुन आउने भएका छन् ।
प्रमुख संरक्षण अधिकृत रहेका डा.गणेश पन्तलाई मन्त्रालयले विभागमा सरुवा गरेपछि पुनलाई बरिष्ठ संरक्षण अधिकृतको जिम्मेवारी प्रदान गरिएको हो ।
शिवपुरी राष्ट्रिय निकुञ्जमा १५ महिना काम गरेका पुन यसअघि झण्डै २० महिना चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत भएर काम गरेका थिए ।
निकुञ्जका प्रमुख रहेका डा. पन्तले निकुञ्जको आसपासका अतिक्रमित क्षेत्रको बस्ती खाली गराउन सार्वजनिक सूचना जारी गरेका थिए । सूचना जारी गर्दा मन्त्रालयसँग समन्वय नगरेको आरोप उनीमाथि छ ।
पन्तलाई चितवन आएको दुई वर्ष पुरा नहुँदै मन्त्रालय तानिएपछि उनको स्थानमा पुन आउने भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4