+
+
Shares

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति सिफारिस समिति संयोजकबाट भट्टले दिए राजीनामा

भट्टका नातेदारहरूको पनि बोर्ड अध्यक्षका लागि आवेदन परेपछि स्वार्थको द्वन्द्व हुन सक्ने भन्दै राजीनामा दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते १७:४५

वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्ति सिफारिस समितिको संयोजकबाट डा. गुणाकर भट्टले राजीनामा दिएका छन् ।

भट्टका नातेदारहरूको पनि बोर्ड अध्यक्षका लागि आवेदन परेपछि स्वार्थको द्वन्द्व हुन सक्ने भन्दै राजीनामा दिएका हुन् ।

 सरकारले धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोग उपाध्यक्ष भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।

समितिले आवेदन लिनेसम्मको काम गरेको छ । बाँकी प्रक्रिया पूरा गरी अध्यक्षकाे उम्मेदवार छनोट सिफारिस गर्ने कामका लागि अर्को व्यक्तिलाई संयोजक नियुक्त गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?