+
+
Shares

विन्दा पाण्डेको प्रस्ताव– बल्खुमै कार्यालय बनाऔं

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते १९:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेकी नेता विन्दा पाण्डेले बल्खुमै पार्टी कार्यालय बनाउन प्रस्ताव गरेकी छन्।
  • एमालेले तुलसीलाल प्रतिष्ठानको भवन खाली भएपछि नयाँ कार्यालयको खोजी गरिरहेको छ।
  • पाण्डेले संकलन भएको सहयोग रकमले मदननगरको जमिनमा कार्यालय बनाउन सुझाव दिएकी छन्।

२४ वैशाख, काठमाडौ । नेकपा एमालेका नेता विन्दा पाण्डेले बल्खुमै पार्टी कार्यालय बनाउन प्रस्ताव गरेकी छन् ।

तुलसीलाल प्रतिष्ठानको नाममा रहेको च्यासलको भवन खाली गर्नुपर्ने भएपछि एमाले नयाँ कार्यालयको खोजीमा छ । पाण्डेले भने पार्टी कार्यकर्ताहरूबाट उठाइएको पैसाले बल्खुमै कार्यालय बनाउन प्रस्ताव गरेकी छन् ।

‘विगतमा जे भयो, सकियो । संकलन भएको सहयोग रकमले जत्रो र जस्तो भवन बनाउन सकिन्छ, बल्खुस्थित मदननगरको आफ्नै जमिनमा पार्टी स्थापना दिवसको सन्दर्भमा २०७८ वैशाख ९ गते अध्यक्ष कमरेडले शिलान्यास गरेको ठाउँमा कार्यालय बनाएर व्यवस्थापन गर्नु सबैभन्दा उपयुक्त हुनेछ,’ पाण्डेले सामाजिक सञ्जालमा लेखेकी छन् ।

एमालेले बल्खुमै कार्यालय बनाउन भनेर पार्टी सदस्यहरुबाट पैसा संकलन गरेको थियो ।

तर व्यवसायी मीनबहादुर गुरुङले एक अर्बको भवन बनाइदिने भएपछि कार्यालय निर्माण अभियान रोकिएको थियो ।

गुरुङबाट कार्यालय भवन लिने निर्णयमा असहमति जनाएबापत विन्दा पाण्डे, उषाकिरण तिमल्सेना लगायतलाई एमालेले ६ महिना निलम्बन गरेको थियो । जुन कार्यलाई नसम्झन पाण्डेले आग्रह गर्दै बल्खुमै भवन बनाउन प्रस्ताव गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?